इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पर्यटकका लागि पुनः खुला भएको छ । प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गर्नुभएको इजिप्टको पर्यटन र पुरातात्त्विक मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मन्दिर खुला गरेपछि देशमै पर्यटकीय गतिविधि बढ्ने इजिप्टको आशा छ । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औँ शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ । यो मन्दिर एक समय इजिप्टमा यहुदीहरूको उत्सव, जमघट स्...