निगम र केयू बीच हाइड्रोजन इन्धन उत्पादन गर्न सम्झौता

निगम र केयू बीच हाइड्रोजन इन्धन उत्पादन गर्न सम्झौता अर्थ

सम्बन्धित सामग्री

नेपालमा भित्रियो पहिलो हाइड्रोजन कार

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन कार ल्याएको छ । शनिवार हुन्डाईको ‘नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी’ आइपुगेको केयू हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिंह थापाले बताए । थापाका अनुसार नेपाल आयल निगमको सहयोगमा केयुले नेपालमा पहिलोपटक हाइड्रोजन कार भित्त्याएको हो । यो गाडीको मूल्य ३३ हजार अमेरिकी डलर रहेको बताइएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली हाइड्रोजनमा रूपान्तरण गरेर वैकल्पिक इन्धनको रूपमा प्रयोग गर्ने विषयमा अगाडिदेखि नै केयुले अध्ययन अनुसन्धान गर्दै आएको उनले बताए । उनले भने, ‘त्यही अनुरूप नै हामीले नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलो हाइड्रोजन ल्याब स्थापना गरेर यस क्षेत्रमा अध्ययन अगाडि बढाएको थियौं । उक्त अध्ययनलाई निरन्तरता दिन हामीले कोरियाबाट यो गाडी ल्याएको छौं ।’ कानून निर्माण गरी नेपालमा हाइड्रोजन कारको व्यावसायिक उत्पादन बढाउनुपर्ने थापा बताउँछन् । नेपालले हाइड्रोजन इन्धन आन्तरिक रूपमा प्रयोग गर्नुका साथै निर्यात गर्न सक्ने सम्भावना पनि भएको उनको भनाइ छ ।

हाइड्रोजन उत्पादनमा सरकारको सक्रियता, एक वर्ष भित्र उत्पादन गर्ने

काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो । छलफलमा अर्थमन्त्री शर्माले शुरुवातमा एक सय मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका थिए । विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ […]

हाइड्रोजन इन्धनबारे छलफल, १०० मेगावाटको हाइड्रोजन प्लान्ट लगाउन अध्ययन गरिने

अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।छलफलमा अर्थमन्त्री शर्माले शुरुवातमा एक सय मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।  विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ्ग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल एक सय मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने बिषयमा आवश्य

हाइड्रोजन इन्धन परियोजनाको लागि आयल निगम र काठमाण्डौ विश्वविद्यालयबीच सम्झौता

काठमाण्डाै – ग्रीन हाइड्रोजन परियोजनाको लागि नेपाल आयल निगम र काठमाण्डौ विश्वविद्यालय (केयू)बीच सम्झौता भएको छ । गएको पुसमा भएको समझदारी अनुसार हाइड्रोजन इन्धनको विकासको लागि निगम र काठमाण्डौ विश्वविद्यालयबीच पाँच करोड रुपैयाँको सम्झौता भएको हो । सम्झौतापत्रमा निगमको तर्फबाट निर्देशक दीपक बराल र केयूको स्कुल अफ इन्जिनियरिङका डीन डाक्टर डम्बरबहादुर नेपालीले हस्ताक्षर गर्नुभएको छ । नयाँ सम्झौतासँगै हाइड्रोजन इन्धनको अध्ययनलाई थप फराकिलो बनाउन सहयोग पुग्ने मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले बता...

हाइड्रोजन इन्धन उत्पादनबारे निगमले केयूसँग मिलेर अध्ययन गर्ने

२६, पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग शुक्रबार समझदारी गरेको छ । निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी […]