पेट्रोलियम पदार्थ बिक्रिमा कोटा तोक्न सिफारिस, १ पटकमा ५ लिटर मात्र पेट्रोल पाईने !

नेपाल आयल निगमले डिजेल र पेट्रोल बिक्रि गर्दा कोटा तोक्न सिफारिस गरेको छ  । आयल निगमले नेपाल सरकारलाई पत्र लेख्दै पेट्रोलियम पदार्थको खपत कम गर्न बिक्रिमा कोटा तोक्ने सहित विभिन्न १० वटा उपाय सिफारिस गरेको हो ।इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन विभिन्न प्रस्ताव गरिएको निगमले जनाएको छ ।  निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी पनि दिएको छ । निगमका अनुसार भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको  छ ।यस्तो अवस्थामा पेट्रोलियम पदार्थको खपत कम गर्न निगमले सुझाव दिएको हो । जसमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५  लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २०  लिटर मात्र ईन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ।यस्ता छन् सिफारिस: १.सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने ।२. देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने । ३. खाना पकाउने एल.पी. ग्यासको खपत कम गर्न बिद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।४. विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र ईन्धन बिक्री गर्ने।६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने । ९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने । १०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने। 

सम्बन्धित सामग्री

भैरहवापछि वीरगञ्ज नाकाबाट पनि पेट्रोल तस्करी

भारतको बरौनीबाट बाराको अमलेखगंजसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका टयांकरमा पेट्रोल तस्करी हुने गरेको भेटिएको छ।  गत २९ भदौमा तोकिएभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरिरहेको अवस्थामा वीरगञ्ज भन्सार कार्यालयले समातेको...

ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

सुदूरपश्चिमका व्यवसायीले पेट्रोलियम पदार्थ बुझेपछि आपूर्ति सहज

२ साउन, धनगढी । सुदूरपश्चिमका व्यवसायीहरुले नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ उठाएपछि आपूर्ति सहज भएको छ । गत शुक्रबार निगमबाट लगिएको पेट्रोलियम पदार्थ स्टक राख्दै व्यवसायीहरुले पेट्रोल पम्प बन्द गर्दै तीन दिनदेखि थप माग नगर्दै कृत्रिम अभाव सिर्जना गरेपछि आपुर्ति अवरुद्ध भएको थियो तर मंगलबार भने व्यवसायीहरुले निगमबाट पेट्रोलियम पदार्थ उठाएर पम्पबाट बिक्रि वितरण गर्न […]

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्। पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउँदा बाहिरबाट किनेर हाल्नुपर्ने बाध्यता रहेको यातायात व्य...

एक वर्षमा तीन खर्ब १० अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ४ । एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास)आयात […]

भाउ घटेपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव

बागलुङ : नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव भएको छ। आयल निगमले जेठ १९ गते देखि लागु हुनेगरी १० रुपैयाँ घटाउँदै पेट्रोलको प्रतिलिटर १७० र मट्टितेलको मूल्य १५३ कायम गरेपछि  जिल्लाका पेट्रोल पम्पमा डिजेल तथा पेट्रोल अभाव भएको हो। सदरमुकाममा रहेका दुई पेट्रोल पम्प आइतबार दिउँसोदेखि बन्द छन्। इन्धन नभएर पम्प बन्द गरेको सञ्चालक बताउँछन्। आइतबार समेत सार्वजनिक विदा हुन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक

अभावको आशंकाले पेट्रोल पम्पमा लाइन

काठमाडौं : पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि अभाव हुने आशंकामा पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन लागेको छ।कतिपय पेट्रोल पम्पमा ‘पेट्रोल छैन’लेखिएको छ भने कतिपय बन्द नै रहेका छन्।  शुक्रबार खरिद नगरेकाले बिहीबारै उठाइएको पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले आज पेट्रोलियम पदार्थ बिक्री गरिरहेका छन् ।तर सबै पम्पहरुमा गाडी र मोटरसाइकलको लामो लाइन छ। मूल्य बढ्न सक्ने र अभाव चर्किने आशंकाले मानिसहरु

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (फोटो फिचर)

१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने डरले काठमाडौंका पेट्रोल पम्पहरुमा शनिबार पनि पेट्रोल भर्नेहरुको लाइन लामो भयो । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ  अभाव हुन सक्ने भन्दै सर्वसाधारण पेट्रोल पम्पमा लाइन लागेका हुन् । एक्कासी धेरै मानिसहरु तेल भर्न लाइन लाग्दा पेट्रोल पम्पहरुले पनि माग अनुसार तेल दिन सकेका […]

कमिसन बढाउन दबाब दिँदै व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ

व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले रातोपाटीलाई बताए ।हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड

पूर्वमा पेट्रोलियम पदार्थ अभाव

धरान, साउन ३ । नेपाल आयल निगमको विराटनगरस्थित कार्यालयले माग बमोजिम पेट्रोलियम पदार्थ नदिँदा प्रदेश १ मा अभाव देखिन थालेको छ। निगमले माग बमोजिम पेट्रोल दिन नसकेको व्यवसायीको भनाइ छ। एक सातादेखि निगमले मागभन्दा ज्यादै थोरै मात्रामा पेट्रोल दिएपछि अभाव हुन थालेको हो। व्यवसायीका अनुसार एक सातादेखि नै समस्या देखिन थालेको हो। समस्या बढ्दै गएपछि […]