भरतपुर महानगरको मेयरमा पुनः रेनु दाहाल, उपमेयर बने चित्रसेन अधिकारी

जेठ १०, चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फाबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् ।  दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । उपमेयरमा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । चित्रसेन एमालेले समर्थन गरेको राप्रपाकी हिमला गुरूङको २२ हजार १९१ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । महानगरपालिकाको २९ ओटा वडाहरुमध्ये नेपाली कांग्रेसले १६ ओटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ६ वटा वडामा जित प्राप्त गरेको छ ।  यस्तै नेकपा माओवादी केन्द्रले ३ ओटा वडा तथा नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडा जित्न सफल भएको छ । वडा नम्बर २५ मा भने वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी भएका छन् ।

सम्बन्धित सामग्री

विजय सुवेदीका लागि भरतपुरमा किन भयो ‘सूर्य’ अस्त ?

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । भरतपुरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भइन् भने उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भए ।भरतपुरमा सत्तारुढ ५ दलीय गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिएको थियो भने एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो । भरतपुरमा सत्ता गठबन्धनविरुद्ध निर्वाचनको अन्तिम समयमा राप्रपासँग तालमेल गरेको एमालेले सोचेअनुसारको नतिजा निकाल्न भने सकेन ।भ

रेनुको जितमा खुसीयाली, तस्बिरमा हेर्नुहोस्

भरतपुर महानगरपालिकामा मेयर पदमा रेनु दाहाल विजयी भएसँगै भरतपुरमा विजयसभा गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान रेनु विजयी भएको औपचारिक घोषणा गरेको थियो । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । दुबै उम्मेदवार विजयी भएको तथा गठबन्धन सफल भएको खुसीयालीमा गठबन्धनले साँझ विजयसभा गरेको हो । भरतपुर गेस्ट हाउस चौरमा आयोजित विजय सभामा गठबन्धनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

भरतपुरको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी

काठमाडौँ – भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएकी हुन्। दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत […]

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

काठमाण्डाै - भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  ...

भरतपुरको प्रमुखमा दोस्रो पटक रेनु दाहाल विजयी

दोस्रोपटक भरतपुर महानगरपालिकाको प्रमुख पदको जिम्मेवारी समाल्न पुगेकी रेनु दाहालको विस २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भिमसेनगरमा भएको हो। बुवा पुप्पकलम दाहाल र आमा सीता दाहालकी दोस्रो सन्तानका रुपमा जन्मिएकी थिइन्।...

भरतपुरको मेयरमा पुन: रेनु दाहाल, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

चितवन- भरतपुर महानगरपालिकामा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी भएका छन् । मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।  निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।  दाहालले ५२ हजार ३० र नेपाल...

भरतपुरको मेयरमा पुन: रेनु दाहाल, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित

चितवन- भरतपुर महानगरपालिकामा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी भएका छन् । मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।  निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।  दाहालले ५२ हजार ३० र नेपाल...

भरतपुरको मेयरमा पुन: रेनु दाहाल, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

चितवन- भरतपुर महानगरपालिकामा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी भएका छन् । मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।  निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।  दाहालले ५२ हजार ३० र नेपाल...

भरतपुरमा ८३ हजार मत गनिसकियो, कसको कति  ?

भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनको अग्रता ६ हजार ९३९ रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ३२ हजार ५११ मत प्राप्त गरेकी छन् ।मेयर रेनु दाहाल (गठबन्धन): ३२५१९विजय सुवेदी (एमाले):  २५५८०जगन्नाथ पौडेल (स्वतन्त्र): ११,२९६उपमेयर चित्रसेन अधिकारी (गठबन्धन): ३४,९३४हिमला गुरुङ(राप्रपा): २००३१

भरतपुरमा रेनु दाहाल १ हजार ९०६ मतले अघि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा एक हजार नाै सय ६ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार दाहालले १० हजार सात सय ४८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुवेदीले आठ हजार आठ सय ४२ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मतल्याउनु भएको छ । भरतपुरमा अहिलेसम्म २९ हजार चार सय ४६ मत गनिएकाे छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि हुनु...