मोरङ – विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेशका जनकपुर र राजविराज भिड्ने भएका छन्। शुक्रबार विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा राजविराजले घरेलु टोली विराटनगर महानगरपालिकालाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३७ रनको […]