बसले स्कुटरलाई ठक्कर दिएपछि जावलाखेलमा तनाव

बसले स्कुटरमा सवार एक महिलालाई ठक्कर दिएपछि ललितपुरको जावलाखेल चोक तनाव ग्रस्त बनेको छ । सोमवार दिउँसो बा २ ख ३५७४ नम्बरको गाडीले प्रदेश ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।  बसको ठक्करबाट चिन्ताजनक अवस्थामा रहेकी अल्का अस्पताल पुर्‍याइएको महानगरीय प्रहरी प्रभाव ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले लोकान्तरलाई जानकारी दिए ।  घटनापछि स्थानीयले जावलाखेलमा विरोध प्रदर्शन गरेका छन् । जावलाखेल चोक तनावग्रस्त छ । 

सम्बन्धित सामग्री

लोकन्थली दुर्घटनाले बाखामा तनाव, स्थानीयले गरे सडक अवरुद्ध

१ मंसिर, काठमाडौं । भक्तपुरको बाखामा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । हिजो बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने वर्ष ४१ का हरिशरण पुरीको ज्यान गएपछि उनका आफन्त र स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन् । कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको […]

कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु, राजमार्ग अवरुद्ध

कैलाली : कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिँदा घाइते भएका ३ वर्षीय बालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रमका मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। सडक अवरोध खुलाउन स्थानीय र प्रहरीबिच तनाव सिर्जना…

गजुरीमा शव सकडमै राखेर स्थानीय र विद्यार्थी प्रदर्शनमा उत्रिए

काठमाडौं, ६ असोज । धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि तनाव सृजना भएको छ । आदर्श माध्यमिक बिद्यालयका एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी र स्थानीयहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । जेब्रााक्रसमै बाटो काट्ने क्रममा विद्यार्थीलाई बसले ठक्कर दिएको स्थानीयले बताएका छन् । आक्रोसित विद्यार्थीहरुले ठक्कर दिने गाडीमा तोडफोड समेत गरेका छन् । उनीहरु […]

गजुरीमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनाव, बस नै जलाइदिए

काठमाडौं : धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। आज विहान विद्यालय जाँदै गरेका  ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गोरखाबाट काठमाडौं आउँदै गरेको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।बालकको मृत्यु भएपछि स्थानीय र आफन्तले बसमा आगो लगाइदिएका छन्। उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

सर्लाहीमा क्रेनको ठक्करले छात्राको मृत्युपछि तनाव

सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको छ । साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गरिरहेका छन् ।स्थानीयले घटनास्थलबाट शव उठाउन नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले रातोपाटीलाई बताए । प्रजिअ गौतमले भने–‘वार्ताको प्रयास भइरहेको छ, राजनीतिक दलहरूसँग समन्वय गर्दैछु ।’ घटनास्थलमा करिव ८ सय विद्यार्थी र स्थानीय भेला भएर प्रदर्शन गरिरहेका छन् । क

टिपरले ठक्कर दिएर दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव सिर्जना भएको छ ।

प्रहरी भ्यानको ठक्करबाट युवकको मृत्यु, बयलवास बजारमा तनाव

सर्लाही : प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएपछि सर्लाहीको बयलवास बजार तनावग्रस्त बनेको छ। आइतबार राति इलाका प्रहरी कार्यालय केशरगञ्जको प्रहरी भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५, बस्ने ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो।केशरगञ्ज प्रहरीको ना१झ ८६९ नम्बरको पिकअप भ्यानले बयलवास बजारबाट मोहनपुरतर्फ गस्ती गर्दै जानेक्रममा ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालयदेखि केही दक्षिणतर्फ विपरीत दिशाबाट आउँदै गरेको ना४३प ५०१८ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।उक्त

प्रहरीको भ्यानकाे ठक्करबाट व्यवसायीको ज्यान गएपछि सर्लाहीको बयलवासमा तनाव

सर्लाही – सर्लाहीमा इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठक्कर दिँदा एक जना व्यवसायीको ज्यान गएपछि  त्यसको विरोधमा स्थानीय व्यापारीले बयलवास बजारमा प्रदर्शन गरेका छन् ।   हिजाे आइतवार राति प्रहरीकाे भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएको हो । स्थानीय व्यापारीकाे प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ । अहिले बजार क्षेत्रमा गाडी चलेका छैनन् । प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । ईश्वरपुर नगरपालिका ६  बयलवास बजारमा फेन्सी पस...

दुर्घटनाबाट स्थानीय नेताको मृत्युपछि रौतहटमा तनाव, तीन राउण्ड अश्रुग्यास प्रहार

५ पुस, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतबारराति भएको दुर्घटनाका दोषीलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा स्थानीयले ठक्कर दिन टिपर तोडफोड गर्दै प्रहरी चौकीमा समेत ढुंगामुढा गरेका छन् । हिमालीवासमा आइतबार राति ८.३० बजेको समयमा ना.८ख ४२०२ नम्बरको टिपरले ना.१८प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माओवादीका स्थानीय नेता […]

ट्रकले ठक्कर दिँदा महिलाकाे ज्यान गएपछि कैलालीकाे लम्की बजारमा तनाव

कैलाली – ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाकाे ज्यान गएपछि तनाव सृजना भएको हो । प्रदर्शनकारीले ठक्कर दिने ट्रकमा आगाे लगाएका छन् । अहिले स्थानीयवासीले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।