अखिल क्रान्तिकारीको विवाद मिलाउने जिम्मा प्रचण्डलाई

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए । ‘विद्यार्थीमा दुई समूह देखियो त्यसलाई मिलाउने निष्कर्षमा पुगेका छौँ, त्यसको जिम्मा अध्यक्ष कमरेडलाई जिम्मा दिइएको छ’ महराले भने । अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह नेतृत्वको कमिटी भए पनि असन्तुष्टि जनाउँदै पवन कार्कीले समानान्तर कमिटी

सम्बन्धित सामग्री

अखिल (क्रान्तिकारी)को विवाद टुंग्याउने जिम्मा हितमान शाक्यलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीनिकट विद्यार्थी संगठनको विवाद समाधन गर्न फेरि पहल गर्ने भएको छ। बुधबार बसेको स्थायी समिति बैठकले अखिल (क्रान्तिकारी)को अधिवेशन शुभारम्भ उत्साहजन भएको भए पनि समापन त्यस अनुसारको हुन नसकेको भन्दै समस्या समाधान गर्ने जिम्मा हितमान शाक्यलाई दिने निर्णय गरेको हो । शाक्य अखिल (क्रान्तिकारी)का इन्चार्ज पनि हुन्। पहिले प्रदेश समितिमा […]

पार्टीले नेतृत्व टुंग्याउने निर्णय गरेपछि पेचिलो बन्यो अखिल क्रान्तिकारीको विवाद

काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व विवाद थप पेचिलो हुने संकेत देखिएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले विद्यार्थीको नेतृत्व चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेसंगै संगठनमा थप पेचिलो बहस सुरु भएको छ ।  बन्द सत्र चलिरहेका बेला नेतृत्व पार्टीले टुंग्याउने …