आँखा उपचार शिबिरमा ९१ जनाको आँखाको शल्यक्रिया

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा आयोजना गरिएको आँखा शल्यचिकित्सा शिबिरमा ९१ जनाको आँखाको शल्यक्रिया गरिएको छ । आँखाका समस्या भएका बिरामीलाई गाउँमै उपचार गर्ने व्यवस्थाका लागि पुस ५ गतेदेखि पुस ७ गतेसम्म सञ्चालन गरिएको शिबिरमा ६४ जनाको मोतिबिन्दु भएका र २७ जनाको आँखामा मासु पलाएको, मासुको डल्लो देखिएको (माइनर) अप्रेसन गरिएको हो […] The post आँखा उपचार शिबिरमा ९१ जनाको आँखाको शल्यक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जिल्लामै आँखाको शल्यक्रिया

प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठानाकी ८७ वर्षीया डोरा गिरीको एउटा आँखामा मोतीबिन्दु थियो । जिल्लामै शल्यक्रिया सहितको शिविर हुने थाहा पाएपछि उहाँका छोरा रमेश गिरीले आमालाई उपचारका लागि प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल, आँखा उपचार केन्द्र विजुवारमा पुर्‍याउनुभयो । उहाँको जिल्लामै नि:शुल्क शल्यक्रिया भयो ।

आँखा उपचार केन्द्र जुम्ला : १० शय्याको आँखा अस्पताल स्थापना गर्ने

जुम्ला : आँखा उपचार केन्द्र जुम्लाले आँखा अस्पताल स्थापना गर्न अभियान शुरु गएको छ। नेत्र ज्योति संघ जुम्लाले १० शय्याको  चन्दननाथ आँखा अस्पताल स्थापनाका लागि पहल गर्दै आएको छ। आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरेर चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल स्थापना गर्न थालिएको बताइएको छ। नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतका अनुसार हरेक वर्षको २/३ पटक आँखाको शल्यक्रिया गर्न शिविर सञ्चालन भइरहेको छ। तर सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नुभन्दा दैनिक शल्यक्रिया हुने गरी आँखा अस्पताल नै स्थापना...

गेटा आँखा अस्पताल : उपचारका लागि आउने नेपालीभन्दा भारतीय बढी

काठमाडौं  । भारतको उत्तरप्रदेशबाट आएका जितेन्द्र शर्मा धनगढीस्थित नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको गेटा आँखा अस्पताल परिसरमा भेटिए । उनी आफ्ना पाँचजना आफन्तको आँखाको शल्यक्रिया गराउन ३०० किलोमीटरको यात्रा गरेर धनगढी आएका हुन् । जितेन्द्र पहिलोपटक गेटा अस्पताल आएका भने होइनन् । साधारण नेपालीसमेत बोल्न जान्ने उनले अहिलेसम्म आफ्नो गाउँबाट करीब ५०० जनालाई उपचार गराउन गेटा अस्पताल ल्याइसकेको बताए । भारतमा आफ्नो घरबाट करीब ३० किलोमीटरको दूरीमा आँखा अस्पताल भए पनि गेटाको गुणस्तरीय स्वास्थ्य सेवा र सुलभ उपचार शुल्कका कारण आफूहरू भारतमा उपचार नगराई यहाँ आउने गरेको उनले सुनाए । ‘अहिलेसम्म मैले ल्याएका सबैको उपचार एकदमै राम्रो भएको छ । हाम्रो जिल्लामा यहाँ गरेको जस्तो उपचार हँुदैन,’ उनले भने । भारतमा मोतिबिन्दुको शल्यक्रिया गर्दा करीब १५ हजार रुपया खर्च हुने, तर नेपालमा आउने–जाने भाडा र खानासहित ६ हजार रुपयामै उपचार हुने भएकाले आफ्नो जिल्लाका अधिकांश आँखारोगी यहीँ आउने गरेको उनले बताए । उत्तरप्रदेशकै कर्नाेल जिल्लाबाट मोतिबिन्दुको शल्यक्रियाका लागि नेपाल आएका ७५ वर्षीय नथ्थु सिंह प्रसन्न मुद्रामा भेटिए । करीब २ वर्षदेखि मोतीबिन्दुका कारण राम्रोसँग आँखा नदेखेका उनले शल्यक्रियापछि आफूले नयाँ जीवन पाएको अनुभव सुनाए । आफ्नो घरबाट १० किलोमीटर दूरीमै आँखा अस्पताल भए पनि उनलाई त्यहाँभन्दा नेपालमै आँखा उपचार गराउन मन लाग्यो । ‘आफ्नो छिमेकी र पहिले यहाँ आएर उपचार गराएका आफन्तको कुरा सुनेपछि यतै आएँ,’ उनले भने । गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भारतीय नै हुन्छन् । आँखाको शल्यक्रिया गराउन आउनेहरू ६० प्रतिशतभन्दा धेरै भारतीय हुने गरेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालले नेपालीका लागि सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, डँडेलधुरा र टीकापुरमा दोस्रो तहका अस्पताल स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ । साथै धनगढीमा हप्तामा एकपटक र कञ्चनपुरको बेलौरीमा महीनामा एकपटक शल्यक्रिया सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो, जसमध्ये ११ हजार ५९२ जना भारतीय नागरिक थिए । उक्त अवधिमा अस्पतालबाट ८ हजार २३६ जना भारतीयको मोतिबिन्दुको शल्यक्रिया भएको अस्पतालको तथ्यांक छ । सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले १८ ओटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । अस्पतालले प्रदेशका ९ ओटै जिल्लामा आँखा उपचार सेवा पुर्‍याएको अस्पतालका आउटरिच म्यानेजर रमेशचन्द्र भट्टले बताए । गतवर्ष गेटा आँखा अस्पताल र मातहतका केन्द्र तथा शिविरबाट २ लाख ५१ हजार ८३१ जनालाई सेवा प्रदान गरिएको थियो । तीमध्ये २४ हजार १४१ जनाको शल्यक्रिया भएको थियो । अस्पतालले हरेक वर्ष ६० भन्दा धेरै ठाउँमा आँखा उपचार शिविर निःशुल्क सञ्चालन गर्ने गरेको छ ।

२५ वर्षमा ३५ सयले पाए ज्योति

फुङलिङ नगरपालिका–४ का दुर्गा श्रेष्ठले गत वर्ष भिनाजु विष्णुको आँखाको शल्यक्रिया सदरमुकाम फुङलिङको आँखा उपचार केन्द्रमा गराए । मोतीविन्दु देखिन थाले पछि धुमिल भएको आँखा खुलाउन भान्जा निरोज श्रेष्ठ र परिवारसँग समन्वय गरेका थिए । नेत्र ज्योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्रले सञ्चालन गर्ने शिविरको मौका पारेर शल्यक्रिया गराएका हुन् ।

रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया

रुकुम – रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए । सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच […]

फर्कियो ३५९ जनाको ज्योति

आँखा उपचार केन्द्र, सल्लेले १ वर्षमा ३ सय ५९ जनाको आँखाको शल्यक्रिया गरेको छ । केन्दले विभिन्न ठाउँमा गरेको शिविरमार्फत उनीहरूले आँखाको ज्योति पाएका हुन् ।

फूलकुमारी महतो मेमोरियल अस्पतालमा शल्यक्रियासहितको आँखा उपचार विभाग सञ्चालन हुने

काठमाडौँ- फूलकुमारी महतो मेमोरियल अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच शुक्रबार प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गरेका थिए। अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नत्ति गरी आँखाको शल्यक्रिया […]

आँखा शिविरमा २ सय २० जनाको शल्यक्रिया

महोत्तरी, पुस १३– महोत्तरीको गौशालामा सम्पन्न भएको तीन दिने आँखा शिविरमा २ सय २० जनाले आँखाको शल्यक्रिया गराएका छन् । सामुदायिक आँखा उपचार केन्...