दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो।

सम्बन्धित सामग्री

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।

स्वास्थ्यचौकी ७ वर्षदेखि अलपत्र

अछामको तुर्माखाँद गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिने तुर्माखाँद स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्यचौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो। २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा लियो तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन।

बैंकको सहयोगमा स्वास्थ्यचौकी भवन

नेपाल बैंक लिमिटेडले बझाङको तलकोट स्वास्थ्यचौकीको भवन निर्माण गरिदिएको छ । बैंकले आफ्नै लगानीमा प्रसूति केन्द्र सञ्चालन गर्न सुविधायुक्त भवन निर्माण गरिदिएको हो ।

पर्वतको खुर्कोटमा स्वास्थ्यचौकी निर्माण सम्पन्न

मंसिर १६, पर्वत । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा प्रवासी नेपाली र कुश्मा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ ।  गैह्र आवासीय नेपाली संघ स्विडेनको १६ लाख, कुश्मा नगरपालिका २ खुर्कोटको ६ लाख र एनआरएनए आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको २५ हजार आर्थिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।  गैह्र आवासीय नेपाली संघ राष्ट्रिय परिषद् स्विडेनका अध्यक्ष राजकुमार पाठक र गैह्र आवासीय नेपाली संघका आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका छन् । उद्घाटन पश्चात स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरिएको हो ।  एनआरएनए आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको विशेष पहलमा उक्त भवन निर्माणका लागि प्रवासी लगानी भित्रिएको स्वास्थ्यचौकीका ईन्चार्ज टेकनाथ सुबेदीले जानकारी दिए ।  असारदेखि शुरु गरेको भवन ६ महीनामै सम्पन्न भएको हो । ४ कोठाको चौकीको भवन निर्माण पश्चात स्वास्थ्य सुविधा समेत विस्तार गर्ने समितिले योजना बनाएको छ । स्थानीय हरिदत्त जैसी र कोपिला जैसी मार्फत निशुल्क रुपमा उपलब्ध गराएको जग्गा र ढाँड सामुदायिक बनको जग्गा समेत प्रयोग गरि उक्त भवन निर्माण गरिएको हो ।

स्वास्थ्यचौकी भवन निर्माण

पाल्पा । पाल्पाको रामपुर नगरपालिका ८ कुमराङमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा निर्माण भएको भवन गत शुक्रवार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।       रामपुर नगरपालिकाको १४ लाख र काकिमीको १० लाख सहयोगमा भवन निर्माण गरिएको हो । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएपछि नयाँ भवन निर्माण गरिएको खालिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष बोमबहादुर नामजालीले बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भवनको उद्घाटन गर्दै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारमा नगरले जोड दिएको बताए । नवनिर्मित भवनसँगै सुरक्षित मातृ सेवाको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । विसं २०५० मा स्थापना भएको यस स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ । रासस

रामपुरमा स्वास्थ्यचौकी भवन निर्माण

रामपुर । रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाको १४ लाख र ओकेबाजेको १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले […]

डेढ वर्षदेखि स्वास्थ्यचौकी भवन अलपत्र

ठेकेदारको लापरबाहीले बाग्चौर नगरपालिका–१२ स्थित बाँफुखोला स्वास्थ्यचौकीको भवन निर्माण डेढ वर्षदेखि काम अलपत्र परेको छ । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा एडी बिल्डर्सले लिएको थियो । तर म्याद सकिएको डेढ वर्ष बिते पनि भवन निर्माणको काम पूरा भएको छैन ।