प्रविधिको प्रयोगले सेवा प्रभावकारी

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको छ । स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तार हुँदै गएपछि सूचना प्रविधिमैत्री बन्दै गएको स्थानीय तहमा सेवा प्रवाहलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग पुगेको छ । सूचना र प्रविधिको क्षेत्रमा बढ्दै गएको पहुँचसँगै स्थानीय तहको सेवामा प्रभावकारिता र सेवाग्राहीलाई सहज भएको सूचना प्रविधि विभाग...

सम्बन्धित सामग्री

डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस

काठमाडौं, २२ फागुन । डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले […]

अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ – नेपाली कांग्रेसले हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने प्रतिबद्धता जनाएको छ ।यसैगरी कांग्रेसले जनसरोकार एवं सेवा प्रवाहसम्बन्धी तीनै तहका सरकारका कार्यालयमा हुँदै आएका विकृति–विसङ्गति, भ्रष्टाचार, ढिलासुस्ती र झन्झटिलो अवस्थाको अन्त्य गरी प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउँदै आधुनिक प्रविधिको प्रयोग गरी सरल, सहज र छिटोछरितो सेवा […]

१ करोड २० लाख डलर लागतमा विद्युत प्राधिकरणको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ ।प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो । काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । साथै त्यहाँ अन्तराष्ट्रिय स्तरको डाटा सेन्टर रहने छ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रुपमा रहने छन् ।‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि २÷३ महिना लाग्ने छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे।केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ ।  प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी  बनाउन ‘डिजिटल एनइए’ अवधारणामार्फत सोही अनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आगामी दिनहरुमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ ।

सञ्चार मन्त्रालय मातहतका कार्यालयमा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिएको छ । नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । मन्त्रालयले विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्...

भारतीय प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीलाई दिए यस्तो निर्देशन

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन् । “मन की बात” नामक रेडियो कार्यक्रमको ७६ औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताए ।प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको

विद्युतीय सरकारको परिकल्पना

सूचना तथा प्रविधिको प्रयोग गर्दै विद्युतीय सेवा प्रवाहलाई जनस्तरमा पु¥याउँदा सरकारको सेवा सञ्चालन छिटोछरितो र चुस्तदुरुस्त हुने कुरामा शङ्का छैन । नेपालमा पनि विद्युतीय सरकारको अवधारणालाई मूर्त रूप दिन विभिन्न ऐन, कानुन, निर्देशिका बनाइएका छन् । नागरिकता, राहदानी तथा सवारी चालक प्रमाणपत्रजस्ता आधारभूत सेवाहरू प्राप्त गर्न दिनभरि लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न थप केही प्रभावकारी कदम आवश्यक देखिन्छ ।

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन । उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘‘सडकचोकमा... The post अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन appeared first on Purbeli News.

प्रविधिको प्रयोगले सेवा प्रभावकारी

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको छ । स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तार हुँदै गएपछि सूचना प्रविधिमैत्री बन्दै गएको स्थानीय तहमा सेवा प्रवाहलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग पुगेको छ ।

स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाऔँ : मन्त्री शर्मा

स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्नुहुँदै उहाँले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।