‘शिथिल अर्थतन्त्र सुधार्नमा सरकार–निजी क्षेत्र सहकार्य’

शिथिल अर्थतन्त्र सुधारमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामूहिक सहकार्य आवश्यक रहेको बताए ।