वैदेशिक रोजगारीमा गएका १६ नेपाली श्रमिक कोमामा, सबैभन्दा धेरै कतारमा

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका १६ जना नेपाली श्रमिक कोमा (बेहाेसीकाे गहिराे अवस्था)मा रहेका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन ‘नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२’ ले दुई महिला र १४ पुरुष गरी १६ जना नेपाली श्रमिक कोमामा रहेको देखाएको छ । तीमध्ये १२ जना कतारमा मात्रै कोमामा छन् । त्यहाँका विभिन्न अस्पतालमा अचेत अवस्थामा उनीहरु रहेका छन् । बेलाबेला सरकारले उद्धार गरेर नेपाल ल्याउने गरे पनि प्रक्रिया पूरा नभएका वा थप उपचारको आवश्यकता भएकाहरुलाई उतैका विभिन्न अस्पतालमा ...