५० लाखको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री

३१ असोज, धनकुटा । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् । यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा […]