लमजुङमा देउसीभैलो खेल्न समय निर्धारण

लमजुङ प्रशासनले तिहारका बेला खेलिने देउसीभैलाका लागि समय निर्धारण गरेको छ । नजिकिदो निर्वाचन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दीपावलीका अवसरमा खेलिने देउसीभैलोका लागि समय सिमा निर्धारण गरेको हो ।जिल्लास्थित सुरक्षा समितिको बैठकले तिहारका बेला हुने देउसीभैलोका लागि विहान सात वजेदेखि बेलुका आठ बजेसम्म समय निर्धारण गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । […]