काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘शिक्षाकाे सोचपत्र २०७९’ सार्वजनिक गरेका छन्।शिक्षामन्त्रीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सोचपत्रमा शिक्षा सुधारका लागि ५, १० र १५ वर्षे योजना, उद्देश्य र लक्ष्यसहित विभिन्न कार्यक्रम समेटिएका छन्। यो सोचपत्रलाई दुई चरणमा कार्यान्वयन गरिने भनिएको छ। पहिलो चरणमा भएका कानुनको कार्यान्वयन र आवश्यकताअनुसार कानुन परिमार्जनमार्फत सोचपत्रको कार्यान्वयन गर्ने र दोस्रो चरणमा आवश्यक नयाँ कानुन, संरचन