संक्रमणमुक्त हुने एक्लो जिल्ला बन्यो मनाङ

मनाङ सक्रिय संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । ओमिक्रोन भेरियन्ट फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलो पटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो ।हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५ सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौँमा रहेका छन् । का