मुक्तिनाथ बैंकको महानगरीय प्रहरी वृत्त मालीगाउँलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारी गरेको छ ।साझेदारीअनुसार बैंकले वृत्तलाई जनचेतनामुलक पर्चा, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर जस्ता सामग्रीहरु हस्तान्तरण गरेको छ । सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले विभिन्न […]

सम्बन्धित सामग्री

ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामेरा सहयोग

काठमाडौं (अस) । ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसीटीभी क्यामेरा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत सहयोग गरेको हो । बिहीवार लैनचौर प्रहरी वृत्तमा एक कार्यक्रमका बीच बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाललाई संयुक्त रूपमा क्यामेरा हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकले महानगरीय प्रहरी वृत्त कार्यालयको हिरासतमा रहेका थुनुवाहरूको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्न सहयोग पुर्‍याउने उद्देश्यले सो सहयोग गरिएको उल्लेख गरेको छ । स्थानीय स्तरमा रहेका सम्भावनाहरूको पहिचान गरी उजागर गर्न सहयोगी बन्ने उद्देश्यले बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’ खडा गरेको छ । उक्त कोषमार्फत बैंकले विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न कार्य गर्दै आएको छ । बैंकले हाल ११६ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र तथा ६४ ओटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

माछापुच्छ्रे बैंकको ब्यारीगेट सहयोग

काठमाडौं (नेस) । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन वटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका वागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गर्नुभएको थियो । साथै सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक […]

प्रहरी वृत्त मालीगाउँलाई कामना विकास बैंकको सहयोग

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइनबोर्डहरू, माक्स तथा स्यानिटाइजर सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले उल्लेखित सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।सहायता हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नाय

हिमालयन बैंकको कम्प्युटर सहयोग

काठमाडौं (अस) । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ बानेश्वर, काठमाडौंस्थित महानगरीय प्रहरी वृत्तलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीलाई उपलब्ध गराइएको कम्प्युटर सहयोगपछि दैनिक प्रशासकीय कार्यमा सहज हुने विश्वास बैंकको छ । बैंकले १ लाख १० हजार मूल्य पर्ने  दुई थान कम्प्युटर सेट सहयोगस्वरूप उपलब्ध गराएको हो । बंैकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई उक्त कम्प्युटर हस्तान्तरण गरे ।

प्रहरी वृत्तलाई हिमालयनको सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ।...

तिनकुनेको महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकले सहयोग गर्‍यो २ थान कम्प्युटर

हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस्...

हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंकले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरलाई दुईथान कम्प्युटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक लाख १० हजार रुपैयाँ मूल्यका दुईथान कम्प्युटर सेट सहयोग गरेको जनाएको छ । बंैकका मुख्य प्रबन्धक समीर आचार्यले नयाँ बानेश्वर वृत्तका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

तिनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो ।महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर १ लाख १० हजार मूल्यको १ थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।बैंकका मुख्य प्रबन्धक समीर आ

थानकोट प्रहरीलाई २ वटा मोटरसाइकल हस्तान्तरण

काठमाडौँ चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल सहयोग गरेको छ ।चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई ५ लाख ३२ हजार ८ सय मूल्य बराबरको बजाज कम्पनीका २ थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।बिहीबार आयोजित मोटरसाइकल हस्तान्तरण कार्यक्रममा एसएसपी सिंहले समुदाय र स्थानीय निकायले प्रहरीलाई निस्वार्थ प्रदान गरेका स्रोतसाधनको उपयोग गरी समाजको सुरक्षा र अपराध नियन्त्रण थप मजबुत पा