भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पञ्चकन्या जाल्पादेवी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाँडाकाँडाबीच रहेको यो देवस्थल स्थानीयवासीको गहिरो आस्था र विश्वासको केन्द्र भए पनि यसको प्रभावकारी प्रचारप्रसार नहुँदा पहिचान अझै विस्तार हुन सकेको छैन । स्थानीयवासीका अनुसार पञ्चकन्या जाल्पादेवी अत्यन्तै शक्तिशाली देवीका रूपमा […]
म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छाैँ, हामी गर्छौं’ कार्यक्रममार्फत सरस्वती माविसँगको सहकार्यमा विद्यार्थीलाई कपाल काट्नेसम्बन्धी आधारभूत सीप सिकाउन तालिम सञ्चालन गरिएको हो । यही वैशाख १५ गतेदेखि सुरु भएको तालिम २७ दिनसम्म सञ्चालन हुने प्रधानाध्यापक गुरुदत्त पौडेलले […]
जनताले बालेन शाहबाट जुन 'सर्जिकल स्ट्राइक'को अपेक्षा स्वास्थ्य क्षेत्रमा गरेका थिए, त्यो हाललाई सिंहदरबारको अलमलमै बिलाएको देखिन्छ। समय अझै बाँकी छ, तर 'हनिमुन'को ह्याङओभरबाट नब्युँझिने हो भने स्वास्थ्य क्षेत्रको यो अलमल नागरकिका लागि भने घातक सिद्ध हुनेछ।
चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं २७ मा उल्लेख भएअनुरुप राहदानी हुलाक सेवामार्फत नागरिकको घरदैलोमा उपलब्ध गराउने लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । […]