राष्ट्रपति मिलेईको ‘झट्का दिने’ आर्थिक नीतिविरुद्ध अर्जेन्टिनी जनता सडकमा

काठमाडौं । सरकारको आर्थिक नीतिविरुद्ध अर्जेन्टिनाका जनता पहिलो पटक सडकमा उत्रिएका छन् । दशककै खराब आर्थिक संकटबाट गुज्रिरहेको अर्जेन्टिनाको आर्थिक अवस्था सुधार्ने प्रतिवद्धता गरेर चुनाव जितेका राष्ट्रपति ह्याभिर मिलेईले झट्का दिने खालको आर्थिक नीति लागू गर्न थालेपछि जनताले विरोध जाएका हुन् ।  करीब दुई साताअघि पदभार गरेका उनले सोही दिन मन्त्रालयको संख्या १८ बाट ९ मा झारेका थिए । उनले सरकारी खर्च कटौती गर्न उक्त कदम चालेका हुन् ।  यससँगै उनले अर्जेन्टिनी मुद्रा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गरेका छन् । गत हप्ता प्रतिडलर ३९१ रहेको पेसोको भाउ अहिले ८०० भन्दा बढीमा झरिसकेको छ । साथै उनले निर्यातमा लगाइएको सीमा अन्त्य गर्ने आर्थिक सुधारको आदेशमा पनि हस्ताक्षर गरेका थिए ।  रेडियो र टिभीमा प्रशारित भाषणमा राष्ट्रपति मिलेईले अर्जेन्टिनी अर्थतन्त्र उकास्ने ३०० उपायबारे बताएका थिए, जसमध्ये पहिलो कदम पुनःनिर्माणको लागि भएको उनको भनाइ थियो । मिलेईले बताएका उपायहरूमा राज्यका कम्पनीहरूलाई निजीकरण गर्नेलगायत छन् । उनले सम्पत्ति भाडा नियमन गर्ने कानुन पनि खारेज गर्ने बताएका छन् । यसले अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको माग बढाउन मद्दत गरेको छ ।  मिलेईका नीतिविरुद्ध जनता सडका उत्रिएका हुन् । मार्चको नेतृत्व बेरोजगारहरूको प्रतिनिधित्व गर्ने समूहले गरेका थिए । सडक अवरुद्ध गर्न प्रदर्शनकारीलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । करीब दुई हप्ताअघि पदभार ग्रहण गरेका राष्ट्रपति मिलेईले विरोध प्रदर्शन गरेर आफ्नो योजनालाई विफल पार्न खोज्ने कुनै पनि समूहविरुद्ध कडा कारबाही गर्ने बताएका छन् । सडक अवरुद्ध गर्ने व्यक्तिले राज्यबाट पाउने अधिकार गुमाउन सक्ने उनले चेतावनी दिएका छन् ।  तर, प्रदर्शनकारीले उक्त विरोध शान्तिपूर्ण भएको बताएका छन् । ‘यो एक शान्तिपूर्ण आन्दोलन हो,’ वामपन्थी विरोध समूह पोलो ओब्रेरोको नेतृत्व गर्ने एडुआर्डाे बेलिबोनीले स्थानीय रेडियोसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामी कुनै पनि प्रकारको टकराव चाहँदैनौं, कुनै पनि प्रकारको द्वन्द्व चाहँदैनौं ।’ अर्थमन्त्री लुइस क्यापुटोले पनि सार्वजनिक खर्चमा गहिरो कटौतीको घोषणा गरे, जसमा इन्धन र यातायात सब्सिडीमा कटौतीलगायत छन् ।  अर्जेन्टिना बढ्दो मुद्रास्फीतिसँग लडिरहेको छ, गत वर्षको तुलनामा त्यहाँ सामानको भाउ १५० प्रतिशतले बढेको छ । अर्जेन्टिना न्यून नगद सञ्चिति र उच्च सरकारी ऋणसँग पनि संघर्ष गरिरहेको छ । त्यहाँको ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । बीबीसी  

सम्बन्धित सामग्री

सडकमा फोहोर फाल्नेलाई कारबाही

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही थालिएको छ। पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो। स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारबाही गरिएको छ। यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। आइतबार साँझ ग्लोबल आइएमई […]

महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै

काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ । कामपाले महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुसार सडकमा राखिएका सबै पार्किङ खाली गर्ने जनाएको छ । कामपाले यो महिनाभित्र सबै सडकमा भएको पार्किङ खाली […]

प्रचण्डको भाषण : चुनावपछि सडकमा जान्छु

१९ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् । ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु’ समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो […]

वीरेन्द्रनगरको मुल सडकमा भ्वाङ्ग

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य सडकमा भ्वाङ्ग परेको छ। मंगलगढी चौक, तरकारी मण्डी र हटिया लाईनको मुल सडकमा भ्वाङ्ग परेपछि दुर्घटना जोखिम बढेको हो।...

मारिपोलका सडकमा सर्वसाधारको विभत्स लाश

मारिपोलको सडकमा सर्वसाधारणको विभत्स शव सडकमा देखिएको छ। मारिपोलका सार्वजनिक भिडियोहरुमा २० जना भन्दा धेरै सर्वसाधारणको लाश सडकमा वेवारिश देखिएको हो। यूक्रेनको दक्षिणी क्षेत्रमा रहेको मारिपोलमा रुसको आक्रमण जारी छ। त्यहाँ धेरै मानिसहरु भग्नावशेष मुनी रहेको बंकरमा फसिरहेका छन्। संयुक्त राष्ट्रसंघले पछिल्लो २ महिनामा सयौँको संख्यामा सर्वसाधारणको युद्धका कारण निधन भएको जनाएको छ। गएको फ्रेब्रुअरी […]

काठमाडौंको भित्री सडकमा कस्तो छ अवस्था?

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ। भित्री सडकमा पनि फाटफुट सवारी साधन चलेका छन्। न्युरोड, ठमेल, दरबारमार्ग क्षेत्रमा सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा…

सडकमा सधैँ समस्या

बानेश्वरको बीच सडकमा देखिएको खाल्डोलाई सामान्य घटनाका रूपमा मात्र बुझ्नुहुँदैन। यस्तो परिस्थिति सबै सडकमा आउन सक्छ। गुणस्तर नभएको कामबाट अरू के नै अपेक्षा गर्न सकिन्छ र?...

बानेश्वरको सडकमा खाल्डो पर्‍यो

नयाँबानेश्वरको सडकमा खल्डो परेको छ।  सिभिल अस्पताल अगाडिको सडकमा ठूलो खाल्डो परेको हो। सडकमा खाल्डो परेको त्यस स्थानबाट सवारी संचालनमा रोक लगाएर वैकल्पिक विधि अपनाइएको छ। सडक विग्रिएपछि ट्राफिकको समेत...

सडकमा निस्कन नदिन देशभर सर्कुलर, सडकमा हिँड्नेलाई कार्वाही

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर सर्वसाधारणलाई सडकमा निस्कन नदिन ७७ प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ । गृहसचिव महेश्वर न्यौपानेले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई गृह मन्त्रालयमै बोलाएर काठमाडौं उपत्यकालगायत देशभरका जिल्लामा जारी निषेधाज्ञ अझै कडा पार्न निर्देशनसमेत दिएका छन् । सरकारले कोभिड संकट […] The post सडकमा निस्कन नदिन देशभर सर्कुलर, सडकमा हिँड्नेलाई कार्वाही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.