काठमाण्डाै – नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गर्नुभएको हो । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएको छ ।यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गर्नुभएको हो ।एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले...