एमाले महाधिवेशन : बन्दसत्र एक घण्टा पर धकेलियो, अध्यक्ष मण्डलको बैठक बस्दै

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका प

सम्बन्धित सामग्री

एमाले महाधिवेशन– बन्दसत्र हलमा ओलीको पक्षमा नाराबाजी

नेकपा एमालेको दशौं महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्न लाग्दा केपी शर्मा ओलीको पक्षमा नाराबाजी शुरू भएको छ । आइतवार राति ओली बन्दसत्र हलमा प्रवेश गर्दा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका हुन् । ‘केपी ओली वीइ लभ यू’ भन्दै कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरुले पार्टीको नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने माग राखेका छन् । ओली बन्दसत्र हलमा प्रवेश गरेपछि बन्दसत्र शुरू हुने तरखर शुरू भएको छ ।

एमाले महाधिवेशन : बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनको हिजो (शनिबार) स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिएका छन् । अध्यक्ष ओलीलाई भेटेर फर्कने बेला सञ्चारकर्मीसँग कुरा गर्दै बास्कोटाले भने , ‘आजको बन्दसत्र साथीहरुले खाना खाइसकेपछि साँझ ७ बजेदेखि सुरु हुन्छ, र सुरु हुनासाथ सकिन्छ ।’ पदाधिकारीसँगै सदस्यहरुमा करिब सहमति भइसकेको भन्दै […]

एमाले महाधिवेशन : ७ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनको बन्दसूत्र अहिलेसम्म सुरु भएको छैन् । नेता गोकुल बाँस्कोटाकाअनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुँदैछ । अहिले पदाधिकारी र ३०१ केन्द्रीय कमिटीको नाम फाईनल गर्न अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । यसको लागि उनले संगठन विभाग प्रमुख विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग छलफल […]

एमाले महाधिवेशन बन्दसत्र : ओलीको सम्बोधनदेखि विदेशी पाहुनाको शुभकामनासम्म

चितवन, ११ मंसिर : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज चितवनको सौराहामा सुरु भएको छ । बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएका छन् । ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता […]

यस्तो छ एमालेको बन्दसत्र हल

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु हुने तयारी भइरहेको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बज्न लाग्दा सुरु हुन लागेको हो । अहिले एमाले महाधिवेशन प्रतिनिधिहरू परिचयपत्र स्क्रिनिङ गर्दै हलभित्र छिर्न थालेका छन् । बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सी राखिएको छ । चिटिक्क पारिएको बन्दसत्र हलमा २१ भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् । हेर्नुस् बन्द सत्रका तस्वीरहरू :

एमाले महाधिवेशन : बन्दसत्र हुने होटल पुगे ओली (तस्बिरहरु)

सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुन ढिलाइ भएको छ। सौराहमा नेताहरुबीच पदाधिकारीको भाग मिलाउन कठिनाइ परेकाले बन्दसत्रमा ढिलाइ भएको हो। तर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु भने बन्दसत्र हुने सौराहस्थित सेभेन स्टार होटल पुगेका छन्। चितवनको नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ। नयाँ […]

एमाले महाधिवेशन : अझै सुरु भएन बन्दसत्र, सहमतिको प्रयास जारी

नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। शनिबार बिहान छिट्टै बन्दसत्र सुरु गर्ने भनिएपनि पदाधिकारी चयनमा सहमति नहुने भएपछि बन्दसत्रमा ढिलाइ भएको हो। आकांक्षी धेरै भएकाले...

एमाले महाधिवेशन : बन्दसत्र केहीबेरमा सुरु हुँदै, ओली पुगे महाधिवेशनस्थलमा

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज दोस्रो दिन । हिजोबाट सुरु भएको महाधिवेशनमा अहिले केहीबेरमै बन्दसत्र सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थल पुगेका छन् । महाधिवेशनस्थल जाने क्रममा मिडियाले उनीसँग प्रतिक्रिया लिन चाहेका थिए । तर, उनी भने कुनै प्रतिक्रिया नदिई महाधिवेशनस्थल प्रवेश गरेका थिए ।

एमाले महाधिवेशन : बन्दसत्र सुरुअघिको चहलपहल (फोटोफिचर)

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले केहीबेरमा बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द […]

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन ढिलाई

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु हुने भएको छ । तर, बन्दसत्र भने तोकिएको समयमा सुरु हुन सकेको छैन् । बन्दसत्र विहान साढे ८ बजेलाई तय भएको थियो । तर, अध्यक्ष केपी शर्मा ओली र भीम रावल दुवै जना आफूनिकट नेताहरुसँग परामर्शमा जुटेको कारण बन्दसत्र अझै […]