संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट

५ माघ, काठमाडौं । पुस पहिलो साता बेलायतबाट आएका ५ जनामा  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको १३ पुसमा पुष्टि भयो । यो नेपालका लागि खतराको संकेत थियो । किनकी बेलायतमा कोरोनाको नयाँ भेरियन्ट (बी.१.१.७) पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराएका थिए । कोरोनाको नयाँ भेरियन्ट […]

सम्बन्धित सामग्री

भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पह

बेलायतमा ‘ओमिक्रोन’ समुदायस्तरमा फैलियो : एकैदिन ९० जनामा सङ्क्रमण पुष्टि

काठमाण्डाै - बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा स्तरमा फैलिएको पाइएको छ । त्यहाँ एकैदिन हिजो ९० जना सङ्क्रमित भेटिएका हुन् । यीमध्ये ६४ जनामा बेलायत, २३ स्कटल्यान्ड र ३ वेल्सका रहेका छन् । बेलायतमा अब ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ३३६ पुगेको छ । बेलायती संसदमा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोनबाट सङ्क्रमित पुष्टि भइसकेको जानकारी दिनुभयो । साथै उहाँले बेलैमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने समेत बताउनुभएको छ । नयाँ सङ्क्रमित अन्तर्राष्ट्रिय यात्रा...

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डाै  - भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।

छिमेकि मुलुक भारतमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

छिमेकि मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । भारतको कर्नाटका राज्यमा २ जनामा ओमिक्रोन देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।४६ वर्षीय पुरुष र ६६ वर्षीय पुरुषमा नयाँ भेरियन्ट देखिएका त्यहाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले समाचार प्रकाशन गरेका छन् । भारतीय संचार मन्त्रालयले हालसम्म २९ देशमा नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको उल्लेख गरेको छ । यो भेरियन्ट हालसम्म कै खतरनाक रहेको बताइएको छ । यो नयाँ भेरिएन्ट फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ। नेपालमा के छ ?स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 'अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ,' उनले भने।उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए। सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्। अधिकारीले भने, 'अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।''अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।'डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए। 'अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ,' अधिकारीले भने।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै बेलायत प्रवेशमा आजबाट थप कडाइ

एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले आज (मंगलबार)बाट थप कडाइ गरेको छ । बेलायतले गत शुक्रबारदेखि ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट पुष्टि भएको र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो । बेलायतले आजबाट थप कडाइ गर्दै सार्वजनिक यातायात र पसलहरु, […]

नयाँ ओमिक्रोन भेरियन्ट त्रास : नेपालमा देखिए के हुन्छ पठनपाठन ?

काठमाडौं : दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुकमा देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ। जसकारण अहिले सर्वसाधारण त्रसित बन्दै गएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार सो भेरियन्ट नेपालमा छ कि छैन भनेर पुष्टि गर्न (जीन सिक्वेन्सिङ) लागि ७ सय ५० नमुना बेलायत परीक्षण गर्न पठाइएको छ। त्यसो त नेपालमा पनि संक्रमण देखिएमा पुनः शैक्षिक क्षेत्

‘ओमिक्रोन’ भेरियन्टको त्रास : ७ सय ५० नमुनाको जीन परीक्षण गर्न बेलायत पठाइयो

काठमाडौं : दक्षिण अफ्रिकामा पुष्टि भएको ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्ट केही देशमा समेत देखिएर सतर्कता अपनाइरहँदा नेपालमा पनि सो भेरियन्ट छ कि छैन भनेर पुष्टि गर्न परीक्षणका (जीन सिक्वेन्सिङ)लागि पनि ७ सय ५० नमुना बेलायत पठाइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट भए/नभएको पत्ता लगाउन ७ सय ५० नमुना बेलायत पठाएको बताए।‘७ सय ५० नमुना हामीले परीक्षणका लागि बेलायत पठाएका छ

बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि थप कडाइ, ‘प्लान बी’ लागू हुनसक्ने

पछिल्लो समयमा थप घातक भनिएको नयाँ कोभिड भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाइ गरिने भएको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका थिए ।नयाँ भाइरस नियन्त्रण गर्न  बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।बेलायती प्रधानमन्त्री

बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दश मुलुक रेड लिष्टमा

बेलायतमा पनि  दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ ।बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई  सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्न

बेलायत कोरोना अपडेट : संक्रमण घटेपनि ‘इन्डियन भेरियन्ट’ को जोखिम बढ्दै

लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोनाको प्रभाव निरन्तर ओरालो लाग्दै  गइरहेको छ । तर, विगत केहि दिनयता ‘इन्डियन भेरियन्ट’ को संक्रमण तीव्र भएपछि बेलायत कोरोना संक्रमणको तेस्रो लहरको मारमा पर्न सक्ने सम्भावना बढेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार दिएको जानकारी अनुसार हालसम्म २ हजार ३२३ मा उक्त भाइरस पुष्टि भइसकेको छ । गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको पनि उनले बताए । यसअघिको तुलनामा यो भाइरस झन्डै ५० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकहरुले बताए