५ ओटा विकास बैंकले प्रकाशित गरे तेस्रो त्रैमासिक वित्तीय विवरण, क - कसले कति कमाए खूद नाफा ?

वैशाख १०, काठमाडौं ।  हालसम्ममा पाँच ओटा विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् । मुक्तिनाथ विकास, गरिमा विकास बैंक,महालक्ष्मी विकास बैंक,ज्योति विकास बैंक र कामना सेवा विकास बैंकले वित्तीय विवरण प्रकाशित गरेका हुन् । वित्तीय विवरण प्रकाशित गरेका पाँच ओटै बैंकको वित्तीय अवस्थामा उक्त अवधिसम्ममा उल्लेख्य वृद्धि भएको छ । पाँच ओटा बैंकमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले खुद नाफा आर्जन गरेको छ ।  उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ४६ लाख खुद नाफा कमाएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६७ करोड ३० लाख नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ४८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको हो ।  वित्तीय विवरण प्रकाशित गरेका ती कम्पनीमध्ये खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कामना सेवा विकास बैंकको १७२ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा रू. २१ करोड ५४ लाख खूद नाफा आर्जन गरेको उक्त कम्पनीको खूद नाफा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५८ करोड ६१ लाख पुगेको छ ।     पाँच ओटै बैंकको खूद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खूद नाफामा वृद्धि भएको हो । त्यसैगरी प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकनै अगाडि रहेको छ । कम्पनीको  प्रतिशेयर आम्दानी रू. २९ दशमलव ४७ रहेको छ ।  मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा बढी अर्थात् रू. ८२ करोड ८७ लाखभन्दा बढी रहेको छ । एनएआरएस प्रणली अनुसार कम्पनी आर्जन गरेको खुद नाफाबाट विभिन्न शिर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । महालक्ष्मी विकास बैंकको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १ रहेको छ । पाँच ओटा बैंकमध्ये सबैभन्दा बढी लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको १७ दशमलव २२ प्रतिशत रहेको छ । गरिमा विकास बैंकको लाभांश क्षमता १३ दशमलव ३३ प्रतिशत, ज्योति विकास बैंकको ११ दशमलव २६ प्रतिशत,कामना सेवा विकास बैंकको १४ दशमलव ६६ प्रतिशत र महालक्ष्मी विकास बैंकको लाभांश क्षमता ७ दशमलव ७० प्रतिशत रहेको छ ।   

सम्बन्धित सामग्री

बोटलर्स नेपालका दुई कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासिक वित्तीय विवरण

बोटलर्स नेपालका दुई कम्पनीले सार्वजनिक गरे तेस्रो त्रैमासिक वित्तीय विवरण

नेपाल पुनर्बीमा कम्पनीले बल्ल सार्वजनिक गर्‍यो पहिलो त्रैमासिक वित्तीय विवरण

नेपाल पुनर्बीमा कम्पनीले बल्ल सार्वजनिक गर्‍यो पहिलो त्रैमासिक वित्तीय विवरण

बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।

आयो एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण

एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वाषिर्क विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल […]

एनआइसीको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।...

घट्यो निफ्राको नाफा, कस्तो छ वित्तीय अवस्था?

एक मात्रै पूर्वाधार विकास बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकद्वारा चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद थप

साउन ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरेको छ ।  केन्द्रीय बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न पाउने छन् । यसअघि त्रैमास सकिएको १५ दिन अर्थात् साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले क , ख र ग वर्गका ती कम्पनीहरुका लागि जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।

ग्रीन लाइफ हाइड्रोपावरले बल्ल प्रकाशित गर्‍यो तेस्रो त्रैमासिक वित्तीय विवरण

जेठ २३, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले बल्ल तेस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  हाल कम्पनीको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु भएको छैन ।  कम्पनीले प्रशासनिक खर्चलाई पूँजीकृत गरि आम्दानी तथा खर्च नरहेकाले प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात गणना नगरेको  वित्तीय विवरणमा उल्लेख गरेको छ ।  गत वर्षको तुलनामा कम्पनीको चालू सम्पत्ति यसवर्ष तेस्रो त्रैमाससम्ममा १५ दशमलव ८९ प्रतिशत घटेको र चालू दायित्व ३७ दशमलव ८१ प्रतिशतले घटेको हो । कम्पनीले दोलखा जिल्लास्थित  खानीखोला १ दशमलव ४० मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । व्यवसायिक योजना अनुरुपनै कामहरु भएको कम्पनीले बताएको छ ।कम्पनीले पहिलो चरणमा निर्माण गरिरहेको २५ मेगावाट जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी वित्तीय विवरण मार्फत दिएको छ । कम्पनीले वित्तीय विवरणमा आयोजना निर्माणाधीन अवस्थामा रहेको र व्यापारिक उत्पादन शुरु नभएकाले आम्दानी उल्लेख गरेको छैन ।कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७८ करोड ४३ लाख रहेको छ ।