हावाहुरीले उडायो काँडा माविको छानो

बझाङ : बझाङको साइपाल गाउँपालिका–३ काँडास्थित काँडा माध्यमिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ।जस्तापाताले छाएको विद्यालयको छानो शनिबार आएको हावाहुरीले उडाएको हो। हावाहुरीले विद्यालयको दुईतले ४ कोठे भवनमा क्षति गरेको प्रधानाध्यापक रमेश बहादुर जेठाराले बताए।वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रधानाध्यापक जेठाराको भना