लखनउलाई हराउँदै बैंगलोर आईपीएल क्रिकेटको क्वालिफायरमा

रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए । त्यस्तै मोहमद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १/१ विकेट लिए ।...