युक्रेनका नेपाली फर्काउन भारतसँग सहकार्य

काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्यान्ड लगायतका देशमा गएका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन केही मन्त्रीहरूसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरूमा […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

चितवन। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमश: सुधार हुँदै गएको बताएका छन् । शनिवार चितवन उद्योग वाणिज्य संघको ५७औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री महतले उद्योगी व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेको भन्दै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताए । ‘उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडे भने कसरी अर्थतन्त्रमा सुधार हुन्छ ?,’ उनले प्रश्न गरे । नियोजित किसिमले झुठा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए । अर्थतन्त्रका समस्या पूर्ण रूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो ।  ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ,’ अर्थमन्त्री महतले भने । सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए । तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरेमा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री महतले बताए । ‘उपभोक्ताले माग बढाएनन् भने उद्योगबाट उत्पादित वस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय बढ्दैन,’ उनले भने । अर्थतन्त्र विस्तारै लयमा फर्किंदै गरेको भन्दै अर्थमन्त्री महतले विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्न नहुने बताए । यस्तै साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने भाष्य तथ्यपरक नभएको दाबी उनले गरे । ‘हाम्रो साधारण खर्चमा कहीँ कतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ,’ उनले भने, ‘६८ वर्षमाथिका नागरिकलाई धनी गरीब जे भए पनि मासिक ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ ।’ अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौं, माघपछि काम भइसकेको भुक्तानीको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौं,’ उनले भने, ‘काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए । उद्योगी व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्नेमा उनले जोड दिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उनले बताए । ‘अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजीक्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ,’ उनले भने ।  उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा रहेको बताए । दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारणसभा यही पुस २३ गते सम्पन्न हुनेछ । संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरीष पन्तबीच प्रतिस्पर्धा हुँदै छ ।

चन्दलाई भित्र्याएर शक्तिशाली बन्ने दाउमा दाहाल

समाजवादी मोर्चामार्फत सहकार्य थालेका माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले राजनीतिक नीति तथा विचारमा सहमति जुटाएर पार्टी एकता गर्ने योजना बनाएका छन् । शान्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै दशकअघि पार्टीबाट अलग्गिएका चन्दलाई फर्काउन माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै अग्रसरता लिइरहेका छन् ।

माधव नेपालको आरोप– केपी ओली राजतन्त्र फर्काउन चाहन्छन्

रुपन्देही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको र त्यसको संरक्षण नेकपा एमाले तथा केपी ओली समूहले गरेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने– भूतको संरक्षण सुरु भएको छ, सलबलाउन र सहकार्य गर्ने भनेर वाणीहरु आइरहेको छन्, […]

​कोरोनाभाइरसविरुद्ध यसरी लडिरहेको छ युरोपीयन युनियन

भारतमा कोरोनाभाइरस संक्रमणले जटिल रूप लिन थालेपछि नेपालले आफ्नो सीमामा कडाइ गर्न थालेको छ। तर जसरी सार्क राष्ट्रहरू नै मिलेर भाइरसविरुद्ध लड्नुपर्ने थियो, त्यो हुन सकिराखेको छैन। यस्तो गम्भीर संकटमा समेत सहकार्य हुन नसक्दा सार्कको औचित्य समाप्त भएको छ। तर संकटका यी दिनहरूमा ईयू र यसका सदस्य राष्ट्रहरू महामारीविरूद्ध लड्न र युरोपलाई आर्थिक मन्दीबाट फर्काउन, नागरिकको स्वास्थ्य मात्र हैन कि जीवनको मूलभूत आवश्यकताहरूको रक्षा गर्न कसरी एकजुट भएर काम गरिरहेका छन् भन्नेबारे यहाँ सरसर्ती १० वटा बुँदा उल्लेख गर्न चाहन्छु । १. ईयू सद...

कोभिड–१९ खोपका लागि अन्तर्राष्ट्रिय ऐक्यभाव

विश्वका धनी देशले तत्काल जोखिममा रहेका राष्ट्रलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुपर्छ । खोपको अन्तर्राष्ट्रिय विस्तार सुनिश्चित गर्न तथा विभेदकारी लाइसेन्सका व्यवस्था हटाउन औषधि उत्पादक कम्पनीसँगको सहकार्य आवश्यक छ र यस्तो ऐक्यभावले विश्वको आर्थिक वृद्धि पूर्ववत् अवस्थामा फर्काउन सक्छ ।

प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीको ठहर

विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ। नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीमा अनुरोध गरेको छ।

संसद विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीहरुको ठहर

काठमाडौं । विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ ।  नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धि...