काठमाण्डौ – कोरोना सङ्क्रमण घट्दै गएपछि यूएईले केही सार्वजनिक स्थानमा अनिवार्य मास्कको व्यवस्था हटाएको छ ।
पूर्ण रूपमा खोप लगाइसकेको र सङ्क्रमण दर पनि न्यून रहेको भन्दै यूएईले स्वीमिङपुल, समुद्री किनार लगायतका ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएको हो । यस्तै एकै परिवारका व्यक्तिले निजी सवारीमा हिँड्दा पनि मास्क लगाउन पर्ने छैन ।
यूएईमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ६२ प्रतिशतले घटेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
९२ प्रतिशतभन्दा धेरैले खोपको पहिलो मात्रा लगाएको र ८१ प्रतिशतभन्दा धेरैले खोपको ...