बढ्यो बिजुलीको माग, ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि - प्राधिकरण

काठमाण्डाै - बिजुलीको आन्तरिक माग बढेको छ । जाडो बढेको र विद्युतकाे् खपत बढाउनका लागि सरकारले चालेका कदमका कारण माग बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।प्राधिकरणको तथ्याङ्क अनुसार गएको वर्षको तुलनामा यस वर्षको विद्युतकाे उच्च माग (पिक डिमाण्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको हो ।आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति अनुसार काम भइरहेको छ ।विद्युतीय चुल्हो, एयर कन्...