मेस्सीका लागि पिएसजीको प्रस्ताव :  नेइमारभन्दा ५० लाख बढी तलब

अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ । र, फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । जसअनुसार मेस्सीले यहाँ वार्षिक ४ करोड युरो तलब बुझ्नेछन् । नेइमारले ३ करोड ५० लाख वार्षिक तलब बुझ्दै आ