वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको ब्याजदर बुधबारदेखि घटेको छ । बचतमा वाणिज्य बैंकको ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको छ । अब निक्षेपकर्ताले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज पाउने छन् । यसअघि ६.४२ देखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।