औँला ठड्याइरहने चित्रबहादुर केसी र प्रेम सुवाल (भिडियो)

चित्रबहादुर केसी र प्रेम सुवाल वामपन्थी धारका दुई चर्चित नेता हुन् । उनीहरू जनताको पक्षबाट खरोगरी संसद्‌मा बोल्छन् । उनीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारविरुद्ध औँला ठड्याउने भूमिकामा उनीहरू छन् । अर्थात्, प्रतिपक्षीमा छन् ।

सम्बन्धित सामग्री

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।  समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।  नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा गएनन् खनाल, नेपाल र भट्टराई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा तीन पूर्वप्रधानमन्त्रीहरु उपस्थित भएनन् । भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुवै नेता नगएका एमालेका एक नेताले बताए । यस्तै, जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराई भने स्वास्थ्यका कारण सहभागी नभएको जसपा स्रोतले जनाएको छ । नेपाल, खनाल र भट्टराई राष्ट्रपतिको भूमिकाबाट असन्तुष्ट रहँदै आएका छन् । राष्ट्रपति भवन सितलनिवासमा मंगलबार अपरान्ह बसेको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा भने अनुपस्थित भएका हुन् । शीतलनिवासमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत उपस्थित भएका छन्। बैठकमा राप्रपा डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपातर्फबाट सांसद प्रेम सुवाल सहभागी छन् । यो पनि….राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक, राजमो अध्यक्ष केसी सहभागी हुनुहुने