भाेलि बस्दै राष्ट्रियसभा बैठक, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौँ- भाेलि आइतबार राष्ट्रियसभा बैठक बस्दै छ ।​ संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार भाेलिको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने...

सम्बन्धित सामग्री

बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तय

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो । सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ । साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तो छ भोलि बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

काठमाडौं: भोलि (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।संसद सचिवालयले भोलि बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।कार्यसूचीमा मन्त्रिपरिषद् गठन सम्बन्धी जानकारी पहिलाे, प्रतिनिधि सभा नियमावली २०७५ को नियम १ सय ७२ बमोजिम गठित विभिन्न समितिहरूको हेरफेरलाई दोस्रो तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बाधा अड्काउ फुकाउ आदेश संसदमा पेश गर्ने

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सोमबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने र कानुन मन्त्री  गोविन्द प्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विद्येयक २०७९ माथि विचार गरियोस्

भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची तय

संसद सचिवालयले प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।  सचिवालयले ५ वटा सम्भावित कार्यसूची तय गरेको हो ।जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने, मन्त्रिपरिषद गठनसम्बन्धी पत्र,अध्यक्षता गर्ने सदस्यको मनोनयन,दुई अध्यादेश पेश र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल रहेको छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

यस्तो छ भोलि बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची

काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, […] The post यस्तो छ भोलि बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची appeared first on राजधानी राष्ट्रिय दैनिक.

शुक्रबार बस्ने संसद बैठकको सम्भावित कार्यसूची

भोलि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफलको प्रस्ताव पेस हुने संसदको सम्भावित कार्यसूची छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौतामाथि छलफलको प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। त्यस्तै...

भोलि बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।यस्तै अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने छन् ।

संसद् अधिवेशन भोलिदेखि, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको मंगलवारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् अधिवेशन शुरू हुने पहिलो दिन मंगलवार २ बजे बस्ने बैठकमा शुरूमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश, तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसपछि भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादवले रेल्व...