काठमाडौँ – संवैधानिक परिषद सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइ बिनै केपी ओलीले नियुक्त गरेका पदाधिकारीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ। बुधबार संवैधानिक इजलासले रिट परेको १५ महिनापछि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। संसदीय सुनुवाइ बिनै नियुक्त गरिनुको कारण पेश गर्न संवैधानिक इजलासले आदेश दिएको छ। […]