बाँकेमा सात हतियार मात्रै बुझाइयो

बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई  बेवास्ता गरेको पाइएको छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए । इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र  जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना

सम्बन्धित सामग्री

घरायसी विवादमा २२ वर्षीय युवकले गरे श्रीमतीकाे हत्या

रूपन्देही । बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन् । श्रीमतीले लुकाएर राखेकाे रकम श्रीमानले […]

सीमा जिल्ला बाँकेमा हतियार सङ्कलनमा चुनौती

बाँके जिल्लामा लाइसेन्स लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङ्ख्या ठूलै छ । तर, निर्वाचनका बेला ती हतियार प्रहरी एकाइमा जम्मा गर्नुपर्ने सूचना जारी गरेर जम्मा नगरे कारवाही हुने चेतावनी दिइए पनि निकै कमले मात्र जम्मा गर्ने गरेको पाइएको छ ।

बाँकेमा सात हतियार मात्रै बुझाइयो

नेपालगन्ज । बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएको छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए । इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा […]

बाँकेमा एक वृद्धाको हत्या

बाँकेको कोहलपुर नगरपालिका–११, एकतानगरमा एक वृद्धाको हत्या भएको छ ।  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले  एकतानगरकी  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।  उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र  हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए ।  घटनाको अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

बाँकेमा बाबुले गरे छोराको हत्या

बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।उनका अनुसार वलीले नुहाउँदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भ

खुला सीमानाको जोखिम, बाँकेमा अबैध हतियारसहित पक्राउ पर्ने बढे

नेपालगञ्ज :   बाँके जिल्लामा  अबैध हतियारको प्रयोग बढ्दै गएको छ। खुल्ला सिमानाको फाइदा उठाउँदै सीमावर्ती भारतिय बजारबाट अबैध हतियार लुकाई छिपाई ल्याउने र अपराधिक घटनामा प्रयोग गर्ने क्रम बढ्दै गएको हो।यसै क्रममा बाँके प्रहरीले डुडुवा गाउँपालिकाको वाड नं १ का दिपक कुमार बर्मालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले खान तलासीको क्रममा बर्माले कम्मरमा लुकाई राखेको अबस्थामा कटुवा  पेस्तोल बरामद गरेको हो। २०७७ साउनदेखि हाल सम्म बाँके प्रहरीले ५ थान भरुवा बन्दुक , ३ थान कटुवा

बाँकेमा दर्ता भएका १९५ थान हतियार नवीकरण हुन बाँकी

बाँके : बाँकेमा दर्ता भएका हतियारमध्ये १९५ थान नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ। विभिन्न थरिका कुल सात सय ९८ थान हतियार दर्ता भएकोमा दुई सय ६४ थान हतियार स्थानीय तहले नवीकरण गर्ने र दुई वर्षको अवधिमा तीन सय ३९ थान हतियार नवीकरण भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। उनले बाँके जिल्लामा दर्...