भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिन्छ : मन्त्री  श्रेष्ठ

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।  मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने समेत बताए ।भरतपुर विमानस्थल विस्तार नभएर भरतपुरमा १८ सिटे विमान मात्रै आवतजावत गर्ने अवस्थामा आइसकेको मन्त्री श्रेष्ठले उल्लेख गरे