असन्तुष्ट समूहको छलफलमा नजाने पाँच न्यायाधीशको निर्णय

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको बन्दी प्रत्यक्षीकरण बाहेकका इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच फाटो आएको छ । पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताए […]

सम्बन्धित सामग्री

असन्तुष्ट समूहको छलफलमा नजाने सर्वोच्चका पाँच न्यायाधीशको निर्णय

काठमाडौँ । सर्वोच्च अदालतका पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरूको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् ।  पेशी तोक्न तत्काल गोला प्रथा प्रणाली लागू गरौँ र मुद्दाको सुनुवाइ थालौँ भन्दा नमानेपछि तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुँडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठले अलग हुने निर्णय गरेको एक न्यायाधीशले बताए ।  बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइ गर्न कुनै समस्या […]

ओलीको चियापान नेपाल-खनाल समूहद्वारा बहिष्कार, गौतम समूहको छुट्टै बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो । चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ । एमाले फुटको संघारमा पुगेको बेला ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल–नेपाल समूह भने नजाने भएको छ । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ। विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए । तर, हिजोको छलफलमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ । नेपाल–खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ । नेपाल–खनालको आज पत्रकार सम्मेलन यसैबीच नेपाल–खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताका अनुसार ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो । साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ । वामदेव समूहको आज बैठक बस्दै यता, एमाले उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै हुनुहुन्छ । उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्दैछ । गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो । यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष ...