सेन्ट्रल फाईनान्सद्वारा डष्टबिन सहयोग

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड सिमरा शाखाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित थानीमाई तथा दुर्गा मन्दिर, वडा नं २ स्थित पशुपतिनाथ तथा छठ्ठीमाई मन्दिर र गढीमाई तथा सिद्धेश्वर महादेव मन्दिरमा डष्टबिन उपलब्ध गराएको छ । संस्थाका शाखा प्रमुख सन्तोष कार्कीले ती मन्दिरका व्यवस्थापन समिति अध्यक्षलाई डष्टबिन हस्तान्तरण गरेका हुन् । संस्थाले कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । सेन्ट्रल स्मार्ट मोबाइल एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, क्यूआर पेमेन्ट, रेमिट्यान्स सेवा, सी–आस्बा जस्ता सेवा संस्थाले दिँदै आएको बताइएको छ ।

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाद्वारा प्रभातफेरी

ग्लोबल मनी वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडको चन्द्रपुर शाखाले प्रभातफेरी कार्यक्रम गरेको छ। ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाले...

सेन्ट्रल फाइनान्सका शाखाहरुद्वारा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनि वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन्।  ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’भन्ने नारासहित संचालित कार्यक्रमअन्तर्गत डकाहा, बिर्तामोड, विराटनगर र...

सेन्ट्रल फाइनान्स सिमराको सहयोग

काठमाडौं– सेन्ट्रल फाईनान्स लिमिटेड सिमरा शाखाले जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित विभिन्न धार्मिक क्षेत्रलाई डष्टबिन वितरण गरेको छ । संस्थाको सिमरा शाखा प्रमुख सन्तोष कार्कीले विभिन्न मन्दिरका व्यवस्थापन समितिको अध्यक्षलाई डष्टबिन वितरण गरेका थिए । मन्दिर परिसरमा भएको फोहोर व्यवस्थापनमा सहज बनाउन संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको फाइनान्सले जनाएको छ ।

सेन्ट्रल फाईनान्सद्वारा पानी तथा जुस वितरण

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड विराटनगर शाखाले ५५औं ऐतिहासिक कृष्ण रथ यात्राको अवसरमा बिहीवार जुस तथा पानी वितरण गरेको छ । शाखा प्रमुख शेखर पोखरेलको अगुवाइमा कृष्ण जन्माष्टमीमा आयोजित कृष्ण रथयात्रामा सहभागी भएका दर्शनार्थीलाई जुस तथा पानी वितरण गरिएको हो । संस्थाले कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

सेन्ट्रल फाईनान्सद्वारा आश्रमलाई सहयोग

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड नारायणगढ शाखाले सोमवार ग्यास चूलो तथा ग्यास सिलिन्डर सहयोग कार्यक्रम सम्पन्न गरेको छ । बैंकले तनहुँको देवघाटधामस्थित श्रीहरिहर सन्यास आश्रममा उक्त सहयोग गरेको हो । कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधुसूदन पौड्यालले फाईनान्सले देशको समग्र आर्थिक विकासमा पुर्‍याएको योगदान स्पष्ट पार्दै २० थान ग्यास सिलिन्डर र एक थान ठूलो ग्यास चूलो हस्तान्तरण गरेका थिए । कार्यक्रममा आश्रमका श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती विद्यार्थी, साधुसन्त र फाईनान्स नारायणगढ शाखाका कर्मचारीको उपस्थिति थियो । संस्थाले १९ शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

सेन्ट्रल फाईनान्सको कम्पनी सचिवमा गोविन्दप्रसाद प्रसाईं नियुक्त

काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले कम्पनी सचिव पदमा गोविन्दप्रसाद प्रसाईंलाई नियुक्त गरेको छ । कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनी सचिवमा प्रबन्धक प्रसाईंलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।

सेन्ट्रल फाईनान्सको ५ प्रतिशत नगद लाभांश पारित

सेन्ट्रल फाईनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८\७९ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । उक्त साधारण सभाले श्री संजोज मान श्रेष्ठ, श्री चैत्यराज शाक्य, श्री चण्डिका श्रेष्ठ, डा। श्री किशोर हाकुदुवाल, श्री विद्या भूषण ध्वज जोशी र श्री […]

सेन्ट्रल फाईनान्सले पाँच प्रतिशत नगद लाभांश दिने

सेन्ट्रल फाईनान्स लिमिटेडले पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । फाईनान्सले बिहीबार विज्ञप्ति निकालेर आर्थिक वर्ष २०८७/०८९ को वार्षिक मुनाफाबाट संस्थाका शेयरधनीलाई पाँच प्रतिशत लाभांश दिन लागिएको जनाएको छ...

सेन्ट्रल फाईनान्सको विरगञ्ज शाखा सञ्चालन

सेन्ट्रल फाईनान्स लिमिटेडले पर्साको विरगञ्ज, वडा नं. ८, लिंक रोडमा आज (बुधबार) बाट विरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १७औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको छ । संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ […]

सेन्ट्रल फाइनान्सको शाखा गोंगबुमा, १० ठाउँमा शाखा पुग्यो

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेडको काठमाडौंको गोंगबु गणेशस्थानमा शाखा खोलेको छ। कम्पनीको यो दशौं शाखा हो।  शाखाको उद्घाटन टोखा नगरपालिकाका