कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल गरेका हुन् । खेलमा धेरै अवसर सिर्जना गरेपनि लियोनल मेसी र सर्जियो अग्वुइरो गोल गर्नबाट चुके । प्रतियोगिताअन्तर्गत मंगलबार समूह

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

यी राष्ट्रपतिले फर्काएका थिए हार मानिसकेका मेसीलाई मैदान

२०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भयो । २०१५ को कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हरायो । २०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हा¥यो । यसपटक पनि चिलीसँग हा¥यो । यसपटक पनि टाइब्रेकरमै हा¥यो । आजित भएर मेसीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास घोषणा गरेका थिए । मेसीका कतिपय आलोचकहरुले ‘ठिक्क भयो’ भनेजस्तो प्रतिक्रिया पनि दिएका थिए । तर उनका धेरै समर्थकहरुका लागि यो निर्णय धक्का थियो । यस घटनापछि म

मेसीको अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो,  पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अ

कोपा अमेरिकामा अर्जेन्टिनालाई अग्रता, ब्रजिल पछि

कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्रजिल र अर्जेन्टिना भिडिरहेका छन् । आइतबार बिहान ब्रजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा भइरहेको खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ ।

कोपा अमेरिका सेमिफाइनल: अर्जेन्टिनालाई कोलम्बियाको चुनौती

कोपा अमेरिकामा भोलि बिहान सेमिफाइनलको दोस्रो खेल हुँदैछ। स्टेडियो नासिओनल डे ब्रसिल्लामा फाइनल प्रवेशका लागि भोलि बिहान पौने सात बजे अर्जेन्टिना र कोलम्बिया आमनेसामने हुँदैछन्। समूह 'ए' को विजेता अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडमाथि ३-० को सानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो। अर्कोतर्फ समूह 'बी' को तेस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश…

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।

कोपा अमेरिका : आत्मघाती गोलपछि चिली उरुग्वेसँग बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१  गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले  गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो । चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।

कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै

एजेन्सी।कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।प्रतियोगिताको समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकतालिकाको शीर्ष स्थानमा छ भने चिली दोस्रो, पराग्वे तेस्रो र उरुग्वे चौथो स्थानमा छ।

कोपा अमेरिकामा आज राती चिली र बोलिभिया भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती चिलीले बोलीभियाको सामना गर्दैछ। एरिना पान्तनलमा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान अर्जेन्टिना र उरुग्वे भिड्दैछन्। स्टाडियो नेशिओनल रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा चिली र अर्जेन्टिना बराबरीमा रोकिएदा बोलिभिया पराग्वेसँग ३–१ ले पराजित भएको थियो।

कोपा अमेरिकामा अर्जेन्टिना र चिलीबीच बराबरी

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीबीचको खेल १–१ गोलको बराबरीमै टुंगिएको छ । खेलको ३३ औं मिनेटमा फ्रिकीकमार्फत गोल गर्दै लियोनल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकीकमार्फत ५७ औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।मेसीको फ्रिकीकलाई चिलीका गोलकिपर क्लाउडियो ब्राभोले सही मुल्याङकन पनि गरेका थिए । त...