प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा

काठमाण्डाै – नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्ने उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन् । पुबुदुले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेकाे छ ।  दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको आठ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । व्यक्तिगत कारण आफूले राजीनामा दिएकाे उनले पत्रकार सम्मेलनमा भनेका छन् । अब आफू क्यानडा जाने पनि पुबुदुले बताएका छन् ।    ...