अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

काठमाडौँ – झण्डै तीन वर्षपहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुन सकेको छैन। संघीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो। आकाशे पुल निर्माणका लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। […]