जेठ १ देखि सातामा दुई दिन साप्ताहिक बिदा

काठमाडौँ-  सरकारले सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार सातामा दुई दिन बिदा बस्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दुई दिने बिदासम्बन्धी निर्णय जेठ १ गतेदेखि लागू हुनेछ। अब सरकारी कार्यालयहरु सातामा दुई दिन बिदा हुनेछ। सातामा दुई दिन बिदा दिँदा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै […]

सम्बन्धित सामग्री

सम्पादकीय: दुई दिन बिदाले नबिथोलियोस् स्वास्थ्य सेवा

सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णय स्वास्थ्य क्षेत्रमा त्यत्तिकै कार्यान्वयन गरिएमा बिरामीहरू थप मर्कामा पर्नेछन् । एक दिन मात्रै साप्ताहिक बिदा हुँदा त ठूला तथा सुविधासम्पन्न सरकारी अस्पतालहरूमा बिरामीको चाप अत्यधिक छ; शल्यक्रियाका निम्ति पालो पाउन मात्र होइन, कतिपय रोगका लागि बहिरंग सेवा (ओपीडी) लिनसमेत सकस छ । यस्तो अवस्थामा बिनाविकल्प दुई दिन बिदा दिन थालिएमा स्वास्थ्य सेवा झनै प्रवाहित नहुने निश्चित छ । त्यसैले, बिरामीहरूप्रति संवेदनशील भई स्वास्थ्य क्षेत्रमा साबिकको सेवा नबिथोलिने गरी मात्रै बिदासम्बन्धी व्यवस्थापन मिलाइनुपर्छ ।

दुई दिन बिदाको प्रभाव

सरकारले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक (साप्ताहिक) बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब हप्तामा पाँच दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू सञ्चालनमा आउनेछन् । नेपालमा सातामा शनिबार तथा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको यो पहिलो पटक भने होइन ।