साफ महिला च्याम्पियनसिपमा भारतलाई १-० ले हराउँदै नेपाल फाइनलमा

काठमाडौं : नेपाल साफ महिला फुटबल च्याम्पिनयसिपको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० ले हराउँदै नेपालले फाइनल सुरक्षित गरेको हो।  पहिलो हाफको अतिरिक्त समयमा नेपालका लागि रश्मी घिसिङले गोल गरिन् जुन निर्णायक बन्न पुग्यो। प्रिती राईको पासमा डिबक्स भित्रबाट घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएकी…