भूकम्पपीडितले किस्ता पाएनन्

सिन्धुली जिल्लामा निजी आवास निर्माण गरेका भूकम्पपीडितले सरकारी अनुदानको किस्ता पाएका छैनन् । निजी आवास निर्माण गर्ने लाभग्राही सूचीमा परेका भूकम्पपीडितले पाउने अनुदानबापतको रकम गत साउनदेखि नै नआएकाले जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) सिन्धुलीले जनाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि केन्द्रबाट अनुदानबापतको रकम जिल्लामा आएको छैन ।

सम्बन्धित सामग्री

भूकम्पपीडितले पाएनन् पहिलो किस्ता

भूकम्प गएको छ महिना बित्दासमेत यहाँका भूकम्पपीडितले अस्थायी आवास निर्माणको पहिलो किस्ता नै पाउन सकेका छैनन् । कुल ४२ हजार ५२४ लाभग्राही रहेकोमा दोस्रो किस्ताका लागि २८ हजार ५५० जनाको मात्र नाम विपत् पोर्टलमा प्रविष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा सोमबारसम्मको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा पाँच हजार ५०३ भूकम्पपीडितको नाम विपत् पोर्टलमा प्रविष्ट गरिएको छ । नलगाड नगरपालिकामा आठ हजार ९७ लाभग्राही कायम गरिएकोमा दुई हजार ६८७ जनाको नाम मात्र विपत् पोर्टलमा प्रविष्ट गरिएको छ ।

भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता

जाजरकोट भूकम्पको पाँच महिना बित्दासमेत भूकम्पपीडितले अस्थायी आवासको दोस्रो किस्ता पाउन सकेका छैनन् । जिल्लामा ४२ हजार ५२४ लाभग्राही कायम रहेकोमा हालसम्म नौ हजार १४९ जनाको मात्र दोस्रो किस्ताका लागि विपत् पोर्टलमा नाम प्रविष्ट भएको छ ।

भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको किस्ता पाएनन् : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको दोस्रो र तेस्रो किस्ता नपाएको बताउनुभयो । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुवालले भूकम्प पीडितले पाउने अनुदानको किस्ता रोकिएको सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘भुकम्प पीडितहरुको अनुदान दिने कार्यक्रम छ । पहिलो किस्ता पाएकालाई दोस्रो र तेस्रो किस्ता […]

निजी आवास निर्माण गरेका भूकम्पपीडितले किस्ता पाएनन्

सिन्धुली जिल्लामा निजी आवास निर्माण गरेका भुकम्पपीडित लाभग्राहीले किस्ता रकम पाउन सकि रहेका छैनन् । नयाँ आर्थिक वर्ष सुरुसँगै साउनदेखि नै निजी आवास बनाउने भुकम्पपीडित लाभग्राहीलाई वितरण गर्ने किस्ताको रकम नआएकाले उनीहरुले पाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन तथा आवास) सिन्धुलीले जनाएको छ ।

सिन्धुपाल्चोकका भूकम्प पीडितले पाएनन् तेस्रो किस्ता

वैशाख २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–११ का सुमन सापकोटाले गएको पुस महीनामै घर निर्माण सम्पन्न गरिसकेका छन् । इटा सिमेन्टको जडाइ गरिएको सो घर निर्माण गर्न उनले ५ लाखभन्दा धेरै रकम खर्च गरे । सो मध्ये इट्टा र सिमेन्टको पैसा उधारो राखेर घर निर्माण गरेका उनले तेस्रो किस्ता नआँउदा सो रकम तिर्न सकेका छैनन् ।  ‘साहुले पैसा चाहियो भनेर दिनकै भन्न थालिसकेका छन्,’ सापकोटाले भने ‘अन्तिम किस्ता बापतको ५० हजार रुपैयाँ आएपछि तिरौंला भनेर कुरिरहेको छु ।’ सापकोटाजस्तै घर निर्माण सकिएको तर अन्तिम किस्ता प्राप्त गर्न नसकेकाहरुको संख्या सिन्धुपाल्चोकमा ४११ रहेको छ । भूकम्प पीडितले पाउनु पर्ने आवास निर्माणको अनुदान किस्ता रकम रोकिँदा उनीहरु मारमा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर बसेका उनीहरुले अहिलेसम्म किस्ता प्राप्त गर्न नसक्दा समस्यामा परेका हुन् ।  गत फागुन मसान्तमा भुक्तानी दिएपछि चैत १ गतेबाट किस्ता रोकिएको हो । अनुदानको लागि पीडितले निवेदन दिएर सो फाइल अन्तिम भुक्तानीका लागि चेक बन्ने प्रकृयासम्म पुग्न एक महीनाभन्दा बढी समय लाग्छ । यसरी फागुन मसान्तपछि किस्ता रोकिँदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म अनुदान बापतको रकम पाउन सकेका छैनन् ।  पुनर्निर्माण प्राधिकारण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा नीजि आवास) सिन्धुपाल्चोकका सूचना अधिकारी रविराज धितालका अनुसार अर्थ मन्त्रालयबाट निकासा रोकिँदा भूकम्प पीडितहरुले रकम पाउन सकेका छैनन् । ‘हामीले सबै प्रकृया सकेर अन्तिम भुक्तानीका लागि फाइल तयार गरेका राखेका छौं,’ धितालले भने ‘तर अर्थ मन्त्रालयबाट बजेट निकासा रकम नआँउदा हामीले भुक्तानी दिन सकेका छैनौं ।’ किस्ता रोकिएपछि हरेक दिन लाभग्राहीले मेरो किस्ता किन रोकियो भनेर फोन गर्ने गरेको र कोही कोही लाभग्राही, जनप्रतिनिधि त कार्यालयमै आएर दबाब दिने गरेको धितालले बताए । उनका अनुसार चैत महीनादेखि अहिलेसम्म दोस्रो किस्ता भुक्तानीका लागि योग्य भएका तर नपाएका लाभग्राहीको संख्या १ हजार ७७ छ । कुल ९१ हजार १२ जना लाभग्राही भएको सिन्धुपाल्चोकमा ९८ हजार ४४० जनाले अनुदान सम्झौता गरी ८९ हजार ४३८ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएका छन् । उनीहरुमध्ये ८६ हजार १७९ ले दोस्रो किस्ता बापतको १ लाख ५० हजार र ७९ हजार ९८७ जनाले तेस्रो किस्ता बापतको ५० हजार गरी अनुदान बापतको पूरै ३ लाख रुपैयाँ बुझिसकेका छन् ।  पहिलो किस्ता लिएका तर घर निर्माण नगरेका १३८ लाभग्राहीले भने सो रकम समेत फिर्ता गरेका छन् । जिल्लाभर आवास निर्माणका लागि कतै सुरक्षित जग्गा नभएका ९२० लाभग्राहीमध्ये ३९४ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेको कार्यालयको तथ्यांक छ । त्यस्तै कतै जग्गा नभएका १७७ लाभग्राही मध्ये ८२ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेका छन् । त्यसैगरि कार्यालय मार्फत १५ ओटा गुम्बा निर्माण काम भइरहेको छ ।   आगामी असार मसान्तबाट पुनर्निर्माण प्राधिकरण अन्तर्गतका सबै कार्यालयहरु खारेज हुँदैछन् । सो कार्यालय खारेज भएपछि पुनर्निर्माणको स्वमित्व कसले लिने भन्ने विषय अझैपनि टुंगो लाग्न सकेको छैन । यो असहज समयमा छिटोछिटो पुनर्निर्माण सक्नुपर्नेमा एकतिर निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले किस्ता बापतको रकम पाएका छैनन् भने पुनरावेदनमार्फत नयाँ लाभग्राही थपिने क्रम पनि जारी छ । यस्तो अवस्थामा छिटो भन्दा छिटो पुनर्निर्माण सम्पन्न गर्नु पर्नेमा मन्त्रालयबाट निकासा रोकिँदा पुनर्निर्माण नै अन्यौलमा परेको छ । ‘पुनर्निमाण प्राधिकारणले असार मसान्तसम्म पुनर्निर्माण गरिसक्न दबाब दिइरहेको छ’, धितालले भने ‘तर बजेट भने रोकिराखिएको छ ।’ पहिलो किस्ता पाएर आवास निर्माण शुरु गरेका कतिपय लाभग्राहीको दोस्रो किस्ता नपाउँदा आवास निर्माण सम्पन्न हुन नसकेको उनले सुनाए । जसोतसो निर्माण सम्पन्न गरेका लाभग्राही समेत किस्ता रोकिएकै कारण चर्को ब्याजमा ऋण लिन बाध्य छन् ।

बन्द प्रभावः विपन्नको अगेनोमा बलेन आगो

वीरेन्द्रनगरका बाढीपीडित तुलबहादुर सुनार अटो चलाउँछन्। जसबाट उनी दैनिक सात/आठ सय रुपैयाँसम्म आम्दानी गर्छन्। उनले आम्दानीको पाँच सय रुपैयाँ अटोको मासिक किस्ता बुझाउन छुट्याउनु पर्छ भने बाँकी रकमले साँझबिहानको छाक टार्न र छोराछोरीको शिक्षादीक्षामा खर्चिन्छ...

रकम सकिएपछि भूकम्पपीडितले पाएनन् किस्ता

दोर्दी गाउँपालिका–१ भारतेकी विमला अधिकारी भूकम्पपछिको घर निर्माण सकिएपछि दोस्रो किस्ता लिन तीनपटक बैंक

दोस्रो किस्ता पाएनन् कास्कीका भूकम्पपीडितले - Naya Patrika

निजी आवास निर्माणका लागि दोस्रो किस्ता पाउन नसक्दा कास्कीका भूकम्पपीडित मर्कामा परेका छन् । पुनर्निर्माण प्राधिकरणले आवश्यक प्राविधिक र उपकरण ढिला पठाएका कारण दोस्रो किस्ताका लागि सिफारिस हुन नसक्दा पीडितहरू...पूरा पढ्नुहोस् »

भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता - Naya Patrika

बिनासकारी भूकम्प गएको तीन बर्ष पुग्न लाग्दा समेत तनहुँका केही भूकम्पपीडितले कुनै पनि राहत नपाएको दुखेसो गरेका छन् । भूकम्पबाट क्षति पुगेका जिल्लाका पीडितले हालसम्म पनि पहिलो किस्ता बापतको रकम...पूरा पढ्नुहोस् »

सवा लाख भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता

झन्डै सवा लाख भूकम्पपीडित परिवारले पुनर्निर्माण अनुदानको पहिलो किस्ता रकम पाउन सकेका छैनन् । प्राधिकरणमा भइरहेको राजनीतिकरण, कर्मचारीको असहयोग, सरकारी निकायहरूबीचको समन्वय अभावलगायत कारणले अनुदान पाउनुपर्ने लाभग्राहीमध्ये करिब १६ प्रतिशतले पहिलो किस्ताको रकम नै पाउन नसकेका हुन् ।