नयाँ वर्ष मनाउन काभ्रेका पर्यटकीय पर्यटकीयस्थलमा घुइँचो

वैशाख २, काभ्रेपलाञ्चोक । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ ।  काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोटलगायतका क्षेत्रमा नयाँ वर्षमा घुम्नका लागि आउने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो वर्षमा कोरोना सङ्क्रमण जोखिमका कारण भीडभाडमा जान नहुने भएका कारण बाहिर घुम्न ननिस्कने गरेकामा यस वर्ष कोरोना संक्रमण जोखिम न्यून भएकाले धेरैजसो मानिस रमाइलो र आनन्द लिनका लागि घुम्न निस्केको बताउँछन् ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का विजय तामाङले नयाँ वर्षको पहिलो दिन भएकाले परिवारसहित रमाइलो र मनोरञ्जन लिनका लागि देवीस्थानडाँडामा घुम्न पुगेको बताए । ‘अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष छोराछोरीलाई रमाइलो र हौसला बढाउनका लागि घुम्न आएको हुँ’, उनले भने, ‘फुर्सदका दिनभन्दा पनि सबैले मनाउने गरेको यस अवसरमा घुमघामका लागि निस्केको हुँ ।’ देवीस्थानडाँडामा परिवारसहित घुम्न पुग्नुभएका विक्रम चौलागाईँले नयाँ वर्षलाई परिवारको खुशी र मनोरञ्जन प्रदान गर्नका लागि समय मिलाएर निस्केको बताए । ‘निर्वाचन नजिक आइसकेका कारण हिजोआज खासै फुर्सद नै मिलेको छैन’, उनले भने, ‘वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्नका लागि पनि आएको हुँ ।’ नगरपालिकाले यहाँका देवीस्थानडाँडामा बान्तीपार्क, पृथ्वीनारायण शाह, सहिद बलभद्र कुँवरको शालिकका साथै व्यवसायीले पिङ खेल्नका लागि मनोरञ्जन पार्कमा घोडा चढ्ने व्यवस्थासमेत गरिदिएका कारण पर्यटक बढ्न थालेका हुन् ।  काठमाडौंबाट नजिकको गन्तव्य हुनाका साथै यहाँबाट हिमालका मनोरम दृश्यावलोकन गर्न पाउने र वरिपरिको सुन्दर क्षेत्र हेर्न पाउने भएका कारण पनि पर्यटक घुम्न आउने गरेका छन् । धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभानलगायतका पर्यटकीयस्थल नयाँ वर्षका दिन धेरै आन्तरिक पर्यटकले भरिएका छन् । साथीसङ्गी र परिवारसहित बाहिर घुम्न जाँदा सबैमा खुसीको अनुभूति हुने भएकाले विशेषगरी नयाँ ठाउँ तथा रमाइलो र मनोरञ्जन लिन पाउने ठाउँमा घुम्न निस्कने गरेको उनीहरूको भनाइ छ ।  पर्यटकहरुको चहलपहलसँगै पर्यटकीयस्थलका व्यवसायीमा उत्साह थपिएको छ । लामो समयसम्म कोरोना संक्रमण जोखिमका कारण सोचजस्तो आम्दानी गर्न नपाएका व्यवसायी पर्यटकको आवतजावत कम हुँदा खुम्चिए बस्नुपरेको अवस्थामा अब पर्यटकको आवागमनसँगै व्यवसाय फस्टाउने आशामा छन् । यसैबीच नयाँ वर्षका दिन बिहान काभ्रेपलाञ्चोकका धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो नै लागेको थियो । पलाञ्चोकको पलाञ्चोक भगवती मन्दिर, नमोबुद्धको नमोबुद्ध गुम्बा, बनेपाको चण्डेश्वरीलगायतका मन्दिरमा दर्शनार्थी दर्शनका लागि लामबद्ध भएका थिए ।  नयाँ वर्ष सुरुआतसँगै पहिलो दिन खुशी, आनन्द, सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नका लागि मन्दिरमा पुगेर दर्शन गरेको बेथानचोक गाउँपालिका–५ का नारायण फँुयालले बताए । रासस

सम्बन्धित सामग्री

नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक (तस्बिरसहित)

काठमाण्डाै – मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ । हिजाे शुक्रवारदेखि काठमाण्डौको टुँडिखेलमा माघे संक्रान्ति पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन शुरु गरेका हुन् । मगर समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ । माघे संक्रान्ति पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् । शुक्रवारदेखि उनीहरुले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका छन् । टुँडिखेलमा मगर...

अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाउँदै फूलगुचाले उनकाे स्वागत गरेका थिए।  परिवारसहित आएका उनी...

नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड

दाेलखा : दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउन आउने पर्यटकले भरिभराउ भएको छ।नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिन्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो।देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिन्चोक पुगेका हुन्। तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिन्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानै देखि भीड लागेको मन्दिरका पुजारी परशुराम घिमिरेले बताए।कालिन्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ।न

नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड

दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिन्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिन्चोक पुगेका हुन् । तीन हजार  ८४२ मिटर उचाइको प्रसिद्ध कालिन्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी परशुराम घिमिरेले बताए । कालिन्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ ।नयाँ वर्षमा

नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड

१ वैशाख, चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन् । तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको […]

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापामा

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् । उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाईएको छ। पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ । शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिन यता झापामा नै रहेको जनाएको छ। हरेक वर्ष नयाँ वर्ष मनाउनको लागि शाह परिवार […]

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र झापा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते […]

नयाँ वर्ष मनाउन अन्तरिक्षमा अहिलेसम्मकै ठूलो जमघट

एजेन्सी – नयाँ वर्ष २०२२ को पहिलो दिन ७ जना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन्। नयाँ वर्ष मनाउन गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलोपटक ‘भिड’ बढेको रुसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ। यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर […]

नयाँ वर्ष मनाउन ठोरीमा पर्यटकको घुइँचो

वीरगंज : नयाँ वर्ष २०२२ मनाउन ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आज घुइँचो लागेको लाग्यो। नेपाल भारतको ठोरी सीमा नाका नखुले पनि ठोरीमा पिकनिकको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको कमी भएको थिएन। ठोरीको ठुटेखोला, राइधारा, गणेशमान पार्क, चिता खोला, चिसापानी, रानीबन, रातो पहाडलगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने…

नयाँ वर्ष मनाउन आएका पर्यटकले जनकपुरमा घुइँचो

१७ पुस, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । इस्वी संवतको नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो लागेको छ । भगवानको दर्शन र पुजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस भन्ने अभिलाषाका साथ आएका पर्यटकहरुका कारण जनकपुर क्षेत्रमा चहलपहल बढेको छ […]