मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले फागुन ४ गतेदेखि सोमबार राति १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो। मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, भाषण, सभा, भेला, छलफल वा निर्वाचनलाई […]