अध्ययन बिदापछि सम्पर्कमा नआएका शिक्षक-कर्मचारीलाई सम्पर्क गर्न त्रिविको ताकेता

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ। रजिस्ट्रारको कार्यालयले असोज १८ गते प्रकाशित गरेको सूचनामा अध्ययन बिदापछि नियमानुसार विश्वविद्यालयमा सेवा गर्नुपर्ने दायित्व पूरा नगरी सम्पर्कविहीन रहेका शिक्षक तथा कर्मचारीलाई सम्पर्कमा आउन भनिएको हो। उनीहरूले २०८३ साल पुस मसान्तभित्र कीर्तिपुरस्थित रजिस्ट्रारको […]