ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले पदबाट राजीनामा दिएका छन्। शर्माको राजीनामापछि अर्थ मन्त्रालय र मातहतका निकायमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा प्रेम आचार्यलाई जिम्मेवारी दिइएको छ। यसअघि बजेट तथा कार्यक्रम महाशाखाको नेतृत्वमा रहेका सहसचिव सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। हालै लुम्बिनी प्रदेशबाट अर्थ […]