काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको छ। काठमाडौंमा जारी प्रतियोगितामा काठमाडौंले पोखरा निञ्जाजलाई पराजित गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौंले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो। काठमाडौंले सुरुआती दुई सेट २५–१९, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा भने काठमाडौं १२–२५ ले पछि पर्यो […]