नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारीमा लागेको छ । आज बसेको विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकले हस्ताक्षरसहित रिट दर्ता गर्ने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले पत्रकारसँग कुरा गर्दै भने, “प्रतिनिधिसभा विघटन संविधानविपरीत भयो भन्ने हाम्रो निष्कर्ष छ । त्यसैले अब कानुनी प्रक्रिया […]