संखुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन २१.५ मेगावाट क्षमताको सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ। सभाखोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाको ४ हजार ११० मिटर लामो सुरुङ सोमबार सफलतापूर्वक ‘ब्रेक थ्रु’ गरिएको हो। सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रममा अर्बिट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले औपचारिक रूपमा सुरुङ ब्रेक थ्रु गरेका हुन्। निजी क्षेत्रको […]